DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बालबालिकामा लगानी किन ?


  • भाद्र २९, २०७७
  • 695 Views
बालबालिकामा लगानी किन ? image

काठमाडौँ । नेपालमा राष्ट्रिय रूपमा बाल दिवस मनाउन थालेको आधा शताब्दी नाघिसकेको छ। २०२२ सालदेखि चार दशकसम्म तत्कालीन बडामहारानीको जन्मदिनको अवसर पारेर ४ भदौमा राष्ट्रिय बाल दिवस मनाउने गरिएको थियो।

२०६२/0६३ को राजनीतिक परिवर्तनपछि तत्कालीन राजपरिवारका सदस्यको जन्मदिनका उपलक्ष्यमै राष्ट्रिय बाल दिवस मनाउने गरी निरन्तरता दिनु सान्दर्भिक हुन आएन । त्यसैले २०६३ सालको बाल दिवस नजिकिँदै गर्दा यसलाई कुन दिन मनाउने भनी तत्कालीन महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले बालबालिकाका लागि क्रियाशील संघ–संस्था तथा निकायका प्रतिनिधिबीच छलफलको आयोजना गरेको थियो।

त्यहीबेला बालअधिकारसम्बन्धी महासन्धि– १९८९ लाई नेपालले अनुमोदन गरेको दिन (९भदौ २९)लाई बाल दिवसका रूपमा मनाउन गरिएको प्रस्तावमा केही छलफलपछि सहमति जुट्यो, सोही अनुसार २०६३ सालदेखि बाल दिवस मनाउन थालियो । स्मरणीय छ, बालअधिकारसम्बन्धी महासन्धिलाई नेपालले २९ भदौ २०४७ ९१४ सेप्टेम्बर, १९९०० मा अनुमोदन गरेको थियो।

यसरी परोपकारी दृष्टिकोणबाट कसैको जन्मदिनमा चकलेट, मिठाई, फलफूल बाँडेर, नाचगान गरेर मनाउने गरिएको राष्ट्रिय बाल दिवसमा क्रमिक रूपमा बालअधिकारप्रतिका प्रतिबद्धता गाँसिन थाले। प्राप्त दस्तावेजअनुसार, २०६४ सालदेखि भने हरेक वर्ष सान्दर्भिक कुनै एक विषयमा मूल नारा तय गरी त्यसमा केन्द्रित भएर राष्ट्रिय बाल दिवसका कार्यक्रम आयोजना गर्न थालेको देखिन्छ।

नेपालमा चलेको लामो सशस्त्र द्वन्द्वको अन्त्य गर्दै ५ मंसिर २०६३ मा शान्ति सम्झौता भएपछि नयाँ नेपाल बन्ने आशा सबैमा जाग्यो, २०६४ र ०६५ सालको राष्ट्रिय बाल दिवसको मूल नारा पनि ‘सुनिश्चित बालअधिकार : नयाँ नेपालको पूर्वाधार’ रहन गयो। नागरिक दैनिकबाट…

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.