भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारी अध्ययनको निष्कर्षः नवयुवा आन्दोलन’ भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह | इरानमा अझै पनि आक्रमण गर्न बाँकी रहेको इजरायलको दाबी | राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा स्वकीय सचिव नियुक्ति विवादित | समानुपातिकतर्फ दलहरूले पेस गरेको सूचीमा निर्वाचन आयोगको रुजु प्रक्रिया सुरु | ग्यास र सवारी इन्धनको कृत्रिम अभाव गराउनेमाथि कडा कारबाही गर्ने महानगरको चेतावनी | पेट्रोलमा इथानोल मिसाउने नीति लागू, अधिकतम १०% सम्म मिश्रण गर्न सकिने | फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन | पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सदनमा ठुला दलका हर्कत स् मन्त्रीलाई झापडदेखि तोडफोडसम्म


  • असार ४, २०८२
  • 115 Views
सदनमा ठुला दलका हर्कत स् मन्त्रीलाई झापडदेखि तोडफोडसम्म image

काठमाडौं । तत्कालीन मन्त्री रामचन्द्र पौडेलको गालामा झापड ९०४९० स् तत्कालीन राष्ट्रिय सभामा एमाले सांसद गोल्छे सार्कीले ०४९ मा स्थानीय विकासमन्त्री रामचन्द्र पौडेल (हाल राष्ट्रपति) लाई संसद्भित्रै झापड हाने । आफू रोस्टममा बोल्दा गिज्याएको, होच्याएकोजस्ता आरोप लगाउँदै सार्कीले रोस्टमबाट ओर्लिएर सिधै पौडेल बसेको ठाउँमा पुगी गालामा झापड हानेका थिए ।

कांग्रेस र एमाले सांसदबिच कुर्सी हानाहान (०५४)ः दल त्यागसम्बन्धी विधेयक पारित गर्ने क्रममा ०५४ मा कांग्रेस र एमालेबिच मतभेद देखिएको थियो । मतभेद बढ्दै गएपछि दुई दलका सांसदबिच कुर्सी हानाहान नै भएको थियो ।

एमाले सांसदले प्रहार गरेको जुत्ता सभामुखको आसनमा ९०५६० स् हालका राष्ट्रपति रामचन्द्र पौडेल त्यतिवेला सभामुख थिए । स्थानीय स्वायत्त शासन ऐन पारितका विषयमा कांग्रेस र एमालेबिच विवाद भएको थियो । पौडेलले कांग्रेस सरकारको दबाबमा रोस्टम घेराउबिच जबर्जस्ती विधेयक पारित भएको घोषणा गरेपछि एमाले सांसदले उग्रता देखाएका थिए । त्यसक्रममा एमालेकी एक सांसदले प्रहार गरेको जुत्ता सभामुख पौडेलको आसनमा पुगेको थियो ।

कांग्रेस सभासद्को गालामा एमाले सभासद्को चप्पल (०६५)ः १५ जेठ ०६५ मा पहिलो संविधासभाको पहिलो बैठक सकिएलगत्तै संसद्भित्रै यो घटना भएको थियो । सुर्खेत– १ बाट निर्वाचित एमाले सभासद् कमला शर्माले कांग्रेस सभासद् पूर्णबहादुर खड्काको गालामा चप्पलले हानेकी थिइन् । शर्माले आफ्ना पति ऋषिराम शर्माको हत्यामा खड्काको हात रहेको भन्दै चप्पल हानेको प्रतिक्रिया दिएकी थिइन् ।

माओवादी सांसदले बजेट वक्तव्यको ब्रिफकेस खोसेको त्यो घटना (०६७) स् तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डे ९एमाले०ले ०६७ र ६८ को बेजट भाषण गर्न संसद्को रोस्टमतर्फ जान लाग्दा माओवादी सांसदहरूले उनको हातबाट बजेट वक्तव्यको ब्रिफकेस खोसेर हातपात गरेका थिए । पछि अध्यादेशबाट बजेट ल्याइएको थियो ।

संविधानसभामा माओवादी सांसदले तोडफोड गरे माइक र कुर्सी ९०७१० स् माओवादीको सहमतिविना नै संविधानसभामा विवादित विषयको प्रश्नावली बनाउने प्रस्ताव पेस गर्न खोजेको भन्दै ५ माघ ०७१ मा माओवादी सांसदले संविधानसभाका माइक र कुर्सी तोडफोड गरेका थिए । संसद् चलिरहेको मध्यरातमा माओवादी सांसद उमेशकुमार यादवले कुर्सी तोडफोड गरेका थिए । तत्कालीन सभामुख सुवास नेम्वाङमाथि हातपातको प्रयाससमेत भएको थियो ।

‘निम्छरो प्रश्न’ भनेपछि प्रधानमन्त्री ओलीमाथि खनिए कांग्रेस सांसद (०७६) स् सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले ‘निम्छरो प्रश्नको जवाफ दिन्नँ’ भनेपछि २४ वैशाख ०७६ को संसद् बैठकमा प्रतिपक्षी कांग्रेसका सांसद आक्रोशित बनेका थिए । प्रधानमन्त्रीले अपमानजनक भाषा बोलेको भन्दै संसद्को रेकर्डबाट हटाउन उनीहरूले माग गरेका थिए । सभामुखले ध्यानाकर्षण भएको भने पनि विरोध गरिरहेका थिए । विरोधबिच प्रधानमन्त्रीले हतार–हतार जवाफ दिएका थिए ।

बोल्न समय नपाएपछि संसदभित्रै अर्धनग्न बने सांसद (०८०) स् २५ वैशाख ०८० मा स्वतन्त्र सांसद अमरेशकुमार सिंह बोल्न आकस्मिक समय नपाएको भन्दै अर्धनग्न भएका थिए । ‘आकस्मिक र विशेष समय नराखेको’ भन्दै सभामुख देवराज घिमिरेले नियमावलीअनुसार बैठक सञ्चालन गर्न थालेपछि जंगिएका सिंहले कोट, सर्ट खोल्दै अन्ततः गन्जी पनि उतारेका थिए । अर्धनग्न अवस्थामै उनी औंला उठाउँदै माइकबिना नै बोलेका थिए ।

उपसभामुखको सिटभित्रै छिरे कांग्रेस सांसद ९०८१० स् सहकारी ठगीमा तानिएपछि तत्कालीन गृहमन्त्री रास्वपा सभापति रवि लामिछानेलाई संसदमा बोल्न दिने कि नदिने भन्ने विषयमा त्यतिबेलाको प्रतिपक्षी कांग्रेस र सत्तारुढ एमालेका सांसदले ३ जेठ ०८१ अमर्यादित हर्कत देखाए । सभामुख देवराज घिमिरेले लामिछानेलाई बोल्न आक्रामक बनेका कांग्रेस सांसद धनराज गुरुङ उपसभामुख बस्ने सिटभित्रै प्रवेश गरे ।

एमाले अध्यक्ष केपी ओलीलगायतले सम्झाउँदा धनराजले ‘मर्यादा सिकाउने’ भन्दै औंला ठड्याएर प्रतिवाद गरे । ओलीको प्रतिरक्षामा उत्रिएका एमाले महिला सांसदहरूले पनि ‘अमर्यादित’ शब्द बोलेका थिए । विरोधका आयाम अनेकौँ हुन्छन्, रास्वपा शान्त र सभ्य विरोधमा उभिन्छ । मानव तस्करीविरुद्धको ऐक्यबद्धतास्वरूप निलो सल लगाएर आउँदा नियमापत्ति हुन्छ भने संसद्बाट निकालियोस् ।

जतिवेला कांग्रेस प्रतिपक्षी बेन्चमा थियो, त्यतिवेला धक्का–मुक्की भएर अहिलेको प्रधानमन्त्री केपी ओलीलाई हान्नै पुगेकोसम्म उदाहरण छ । अनि धक्का–मुक्की गर्ने, सांसद नै पिट्न जाने दलबाट सल लगाएको मर्यादित भएन भन्ने कुरा त्यति सुहाउँदो भएन । नयाँ पुस्तालाई सांसद कुट्न आउँदैन, कुर्सी भाँच्न आउँदैन, माइक फोड्न आउँदैन । नयाँ पत्रिका दैनिकबाट….

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.