DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सहरका रित्ता सडकमा भोक लाग्दा ‘तातो भात’


  • भाद्र २७, २०७७
  • 572 Views
सहरका रित्ता सडकमा भोक लाग्दा ‘तातो भात’ image

विराटनगर । ‘भोकभोकै दिन–रात बिताएँ, यो पीडा कसरी भन्न सकुँला र ? यस्तो बेला खाना खुवाएर हाम्रो ज्यान बचाइदिनुुभयो । धन्य, यो गुन बिर्सन सकिन्न ।’ कोरोना कहरले बन्द सहरका रित्ता सडकमा भोकले भौँतारिएका बेला स्वादिष्ट भोजन पाएपछि विराटनगरका गणेश थापाले निकै हर्षित हुँदै यस्तै प्रतिक्रिया व्यक्त गर्नुभयो ।

स्थानीय क्याटरिङमा ज्यालादारी गर्दै आउनुभएका थापा जस्तै भोकले छट्पटाउनुभएका दिलीप चौधरीले पनि भोक लागेको बेला भोजन पाउनु पनि भगवान् आए जस्तै भयो भन्नुभयो । बसपार्कमा भारी बोकेर त कहिले प्लास्टिक टिपेर पेट पाल्दै आउनुभएका चौधरी जस्तै सडकमा जीवन र रोजगारी खोज्नेलाई भोकमा राहत लिएर उपस्थित थिए, विराटनगरका केही जागरुक र उत्साही युवा ।

दैनिक ज्यालादारीबाट भएको आम्दानीले छाक टार्ने समुदाय कोरोना ९कोभिड–१९० महामारीमा सबैभन्दा बढी पीडित बन्न पुगेका छन् ।कोरोनाको कहर, बन्द सहर, रोजगार गुमेका मजदुर, दान लिएर ज्यान पाल्ने समुदाय यत्रतत्र भोकले सडकमा छट्पटाएको अवस्था देखेपछि विराटनगरका केही युवा सामाजिक सञ्जालमा जुटे, ‘निःशुल्क खाना खुवाउने टिम’ मार्फत ।

समूहका युवाले आफ्नै प्रयासमा खाना अभियान थालेका थिए । समूूहका संयोजक ओसिम आलमका अनुसार सुरुका दिनमा समूहका सदस्यले मिलेर दैनिक बिहान–बेलुका गरी करिब ४५० जनालाई निःशुल्क खाना खुवाउन थालिएको थियो । समूूहले सडकमा मात्र होइन टोलटोलमा पुगी भोका व्यक्तिको खोजी गरेको थियो ।

उद्देश्य थियो, ‘भोकै कोही नपरून्, भोकले कोही नमरून् ।’ विशेषगरी बजार क्षेत्रका पसल, सडक र मठमन्दिरमा बसेर दान लिने, प्लास्टिक र खाली सीसी सङ्कलक, अपाङ्गता भएका व्यक्ति, सार्वजनिक यातायात मजदुरलाई लक्षित गरी निःशुल्क खाना अभियान थालिएको संयोजक आलमले बताए । गोरखापत्रबाट…

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.