DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

६ महिनामै पूरा भयो निर्वाचनको कार्यभार


  • चैत्र ६, २०८२
  • 3 Views
६ महिनामै पूरा भयो निर्वाचनको कार्यभार image

काठमाडौँ, ६ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको नतिजाको प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएसँगै मुलुकले निर्वाचनको कार्यभार पूरा गरेको छ । तोकिएको समयमा निर्वाचन हुन सक्दैन भन्ने कतिपयको तर्क र चुनाव हुन नदिने केही समूहको उद्घोषका बाबजुद २१ फागुनमा शान्तिपूर्ण रूपमा मतदान सकिएको थियो । प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको अन्तिम नतिजा आएपछि आयोगले प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको हो ।

जेन–जी आन्दोलनको बलमा तत्कालीन सरकार विस्थापित भएपछि बनेको नयाँ सरकारको सिफारिसमा गत २७ भदौमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरिएको थियो । संसद् बाहिरबाट प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था संविधानमा नभए पनि आवश्यकताको सिद्धान्तअनुसार आफूमा अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरेर राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । पौडेलले चुनाव घोषणालाई ‘बडो जुक्तिबाट प्राप्त’ अवसर भन्दै त्यसको उपयोग गर्न सबैलाई आह्वान गरेका थिए ।

राष्ट्रपतिको निर्वाचनप्रतिको निष्ठा, सरकारको सद्भाव र सहयोग, आयोगको तयारी, सुरक्षा निकायको सक्रियता, राजनीतिक दलको जिम्मेवारीपन तथा आमजनताको सहभागिताका बलमा आयोगले सफलतापूर्वक निर्वाचन गराउन सकिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ छ ।चुनाव घोषणालाई रास्वपा, तत्कालीन माओवादीलगायत दलले तत्कालै स्वागत गरेका थिए तर एमालेले निर्वाचनलाई स्वीकार गरेको थिएन । कांग्रेसभित्र पनि दुई धार थियो ।

नयाँ सरकार गठन र प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा नै दायर भयो । २४ भदौमा विभिन्न प्रहरी कार्यालयमा आक्रमण गरेर हतियार लुटिएका थिए । कारागार र हिरासतबाट कैदीबन्दी र थुनुवा भागेका थिए । त्यसैले असुरक्षाको भय पनि थियो । आन्दोलनमा सामेल युवा जोसमा थिए भने पुराना राजनीतिक दलहरू रक्षात्मक स्थितिमा पुगेका थिए । सरकार र राजनीतिक दलहरूबीच संवादहीनता थियो । कान्तिपुर दैनिकबाट….

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.