भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

वन क्षेत्रको समावेशीकरणसम्बन्धी रणनीतिक कार्यान्वयन योजना सार्वजनिक

वन क्षेत्रको समावेशीकरणसम्बन्धी रणनीतिक कार्यान्वयन योजना सार्वजनिक

मुख्य बुँदा

वन क्षेत्रमा समावेशीकरण बढे पनि मूलप्रवाहीकरण कमजोर

लैङ्गिक समानता र सामाजिक समावेशीकरण रणनीतिक कार्ययोजना सार्वजनिक

खण्डीकृत तथ्याङ्क प्रणाली संस्थागत नभएको

महिला, अपाङ्गता भएका र सीमान्तकृतको सहभागिता पर्याप्त छैन

लैङ्गिक उत्तरदायी बजेट र पारदर्शितामा चुनौती

पाँच प्रमुख चुनौती: नीतिगत, संस्थागत, सामाजिक, आर्थिक र जलवायुजन्य

तीनै तह र विभिन्न क्षेत्रबीच समन्वय आवश्यक

काठमाडौँ, ६ फागुन । वन क्षेत्रमा सरकारी, सहकारी, सामुदायिक, निजी र विकास साझेदार संस्थामा काम गर्ने महिला, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत समुदायको प्रतिनिधित्व बढ्दै गएको भए पनि आन्तरिकीकरण तथा मूलप्रवाहीकरण हुन नसकेको पाइएको छ ।

वन तथा वातावरण क्षेत्रको लैङ्गिक समानता, अपाङ्गतामैत्री तथा सामाजिक समावेशीकरण रणनीतिक कार्यान्वयन योजना सार्वजनिक गर्दै वन तथा वातावरण मन्त्रालयले विद्यमान ऐन, नियम, संरचना, कार्यक्रमले मूलप्रवाहीकरण हुन नसकेको उल्लेख गरेको छ ।

वन, वातावरण जैविक विविधता र जलाधार क्षेत्रमा काम गर्ने सरकारी, सहकारी, सामुदायिक निजी र विकास साझेदार संस्थामा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणसम्बन्धी खण्डीकृत तथ्याङ्कको सङ्कलन, विश्लेषण तथा व्यवस्थापन प्रणाली संस्थागत हुन नसकेको उल्लेख गरिएको छ ।

सो रणनीतिक योजनामा चुनौतीका रूपमा वन तथा वातावरण क्षेत्रमा काम गर्ने विभिन्न निकाय वा संस्थामा वार्षिक बजेट, कार्यक्रम, अवसरमा महिला, सीमान्तकृत समुदाय र अपाङ्गता भएका व्यक्तिको सक्रिय र सार्थक सहभागिताको पर्याप्त सुनिश्चितता हालसम्म हुन नसकेको उल्लेख छ ।

स्पष्ट रूपमा छुट्याइएको लैङ्गिक उत्तरदायी बजेट अपर्याप्त हुनुका साथै कार्यान्वयनमा पारदर्शिताको अभावलाई चुनौतीका रूपमा स्पष्ट पारिएको छ । वन क्षेत्रबाट प्राप्त हुने आर्थिक लाभको बाँडफाँटमा महिला, सीमान्तकृत समुदाय र अपाङ्गता भएका व्यक्तिहरूको समतामूलक पहुँचमा कमी रहेको, पर्याप्त ज्ञान र तालिमको कमी, लैङ्गिक विषयवस्तुको ज्ञान एवं तालिमको अभाव रहेको छ ।

वन क्षेत्रसँग जोडिएका क्षेत्रमा २४सै घण्टा काम गर्नुपर्ने भएकाले लैङ्गिक हिंसा र यौनजन्य दुर्व्यवहारका दृष्टिकोणले चुनौतीपूर्ण रहेको कार्य योजनामा भनिएको छ । यस्तै, कार्य योजनामा चुनौतीका रूपमा पाँच वटा विषयलाई अगाडि सारिएको छ । त्यसमा नीतिगत एवं कानुनी, संरचनागत तथा संस्थागत चुनौती रहेको उल्लेख गरिएको छ ।

यस्तै, सामाजिक तथा सांस्कृतिक एवं आर्थिक स्रोतसाधनमा आधारित चुनौती पनि चित्रित गरिएको छ । अन्य चुनौतीका रूपमा जलवायु तथा वातावरणजन्य चुनौतीका रूपमा रहेको छ । कार्य योजनामा समस्या र चुनौतीको समाधानका लागि केही नीतिगत सुधार तथा व्यवहारिक कार्यान्वयनमा जोड दिइएको छ ।

वन, जैविक विविधता, जलाधार र वातावरण क्षेत्रसँग सम्बन्धित तीनै तहका सरकारी निकाय, सहकारी, सामुदायिक, निजी क्षेत्र र विकास साझेदारले साझा रूपमा नीतिगत र संस्थागत प्रयास गर्नुपर्नेमा जोड दिइएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.