DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

त्रिपाल र स्याउको छाप्रामा बस्छन् सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी


  • भाद्र २८, २०७७
  • 522 Views
त्रिपाल र स्याउको छाप्रामा बस्छन् सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी image

धनुषा । मनरास्थित सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले आश्रय लिएको टहरो हो यो। नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको आफ्नै भवन छैन । भवन नहुँदा त्रिपाल र छाप्रामा बसेर ड्युटीमा खटिनुपरेको छ। सीमा क्षेत्रमा आवतजावत बन्द गर्न खटिएका सुरक्षाकर्मी भवन नहँुदा हावापानी र घामबाट पनि असुरक्षित छन् भने हातहतियारको सुरक्षामा समेत चुनौती छ।

कोरोना संक्रमण बढेपछि सशस्त्र प्रहरीलाई जिम्मेवारी थपियो। अझ लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नयाँ नक्सा जारी भएपछि सरकारले सीमा सुरक्षाका लागि बोर्डर आउट पोस्ट ९बिओपी० थप गर्ने निर्णय लियो। त्यसपछि सशस्त्र प्रहरीका लागि आफ्नै भवनको अभाव बढ्दै गयो। कतिपय स्थानमा त्रिपाल टाँगेर बस्नुपर्ने अवस्था आइलाग्यो भने कतिपय स्थानमा पुराना सरकारी भवन मर्मत गरेर बस्नुपरेको छ।

‘नेपाल–भारत सिमानामा परिचालित सुरक्षाकर्मी सामान्य त्रिपालभित्र बस्नुपर्ने अवस्थाले प्राकृतिक विपद्बाट समेत असुरक्षित भएका छन्’, सम्बन्धित स्रोतले भन्यो। सीमा सुरक्षामा खटिएका जवान हावापानीमा टेन्ट समाएर रात बिताउन बाध्य भएका छन्।धेरैजसो स्थानमा अस्थायी पोस्ट बनाएर सुरक्षा दिनुपर्ने भएपछि यो अवस्था आएको सशस्त्र प्रहरी बलले जनाएको छ। लकडाउन सुरु भएपछि सरकारले झापा जिल्लामा पर्ने नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १ सय २८ वटा अस्थायी क्याम्प बनाएको थियो।

तीमध्ये धेरैजसो स्याउले छाप्रा र त्रिपालका छन्। झापाका अस्थायी पोस्टमा धेरै पटक सीमापारिबाट नेपाल छिर्न खोज्ने भारतीय नागरिकले आक्रमणसमेत गरेका छन्। त्यस्तै २ नम्बर प्रदेशमा ४ सय ६४ किलोमिटर नेपाली भूभागमा खुला सिमाना छ। कोरोना संक्रमण रोक्न सीमा क्षेत्रमा खटाइएका सशस्त्र प्रहरी सामान्य भौतिक संरचना पनि नहुँदा छाप्रा र त्रिपालका भरमा ड्युटी गर्न बाध्य छन्। जसले गर्दा उनीहरूमात्र नभएर हतियारको सुरक्षामा समेत चुनौती देखापरेको छ।

८ जिल्लाबाट भारत प्रवेश गर्ने २ सय ४६ वटा सानाठूला सीमा नाकामा रहेका सशस्त्र प्रहरीको हालत पनि उस्तै छ। सीमाबाट हुने आवतजावत बन्द गर्न ५३ स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ९बिओपी० राखिएको छ। तीन सयभन्दा बढी स्थानमा अस्थायी पोस्ट छन्। त्यहाँ सशस्त्र प्रहरीले न मास्क पाएका छन् न स्यानिटाइजर। अन्य कुनै स्वास्थ्य उपकरण पनि उपलब्ध छैन।

सामान्य मास्क, चस्मा र काम चलाउ पन्जा लगाएरै उनीहरू खटिएको महोत्तरीबाट सशस्त्र प्रहरी बलका एक अधिकृतले बताए। ‘पुरानो त्रिपाल फाटेर अहिले नयाँ त्रिपाल खप्टिएको छ’, ५ नम्बर प्रदेशको नेपाल–भारत सीमा नाकामा खटिएका एक अधिकारीले भने। सिरहाका पाँच स्थानमा ‘फर्वाड अब्जरभेसन बेस’ थपिए पनि उनीहरूलाई पक्की भवनको अभाव भएकाले त्रिपालकै भरमा छन्। नागरिकबाट…

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.