भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महभीर गाउँ पहिरोको जोखिममा

महभीर गाउँ पहिरोको जोखिममा

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४, महभीरको बस्ती पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुई घर भत्किनुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ । वडा सदस्य गर्वे गुरुङले काले कामी, तुलबहादुर घर्तीको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिए । “पहाडको फेदीबाट सुरु भएको दुईवटा पहिरो फेदीमा रहेको रितुङखोलासम्म पुगेको छ,” उनले भने, “ट्यांकी, मुहान र पाइपलाइनमा क्षति पुगेकाले २५ घरधुरीले प्रयोग गर्ने खानेपानी आयोजना अवरुद्ध भएको छ ।”

पहिरोका कारणले फूलबारी–महभीर–च्युरीबोट सडक अवरुद्ध भएको छ । गाउँको बीचमा ठूलाठूला खोल्सा बनाएको छ । खोल्साछेउछाउको जमिन चिराचिरा भएको छ । २०० रोपनीभन्दा बढी खेतीयोग्य जमिनमा क्षति गरेको छ । गएको बुधबार रातिको पहिरोमा परी तुलबहादुरको गोठमा रहेका एक राँगो र एक गोरु मरेका थिए । “हामी त्यो दिन घरमा नभएकाले पहिरोबाट बचियो,” तुलबहादुर भने, “११ जनाको परिवार आफन्तकोमा आश्रय लिएर बसेका छौँ ।” काले कामीले अर्को ठाउँमा रहेको घडेरीमा पनि पहिरोको जोखिम भएकाले कहाँ बस्ने भन्ने चिन्ताले सताएको बताए । पूर्णदेवी घर्ती, सहबहादुर घर्ती, सहबहादुर सुनार, लालबहादुर कामी, तिलक कामी, गोेरे कामी, पोविसरा सुनार, वीरबहादुर कामी, मुक्तिराम सुनार, कुलप्रसाद घर्ती, भीमप्रसाद सुनार, रहमन घर्ती र कुमारी घर्तीको घर जोखिममा रहेका वडा सदस्य गुरुङले बताए ।

सो ठाउँमा गत हिउँदमा पनि सुक्खा पहिरो खसेर एउटा घरमा क्षति गरेको थियो । पहिरो प्रभावित क्षेत्रको बिहीबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले निरीक्षण गरेका थिए ।

“पहिरोबाट घरवास गुमाएकालाई जिल्ला प्रशासन कार्यालयमार्फत राहतको व्यवस्था हुन्छ,” उनले भने, “घर पुनर्निर्माणका लागि तीनै तहका सरकारको साझेदारीमा पाँच लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने व्यवस्था भएकाले सोहीअनुसार सहयोग गर्छौँ ।” तत्काल खानेपानी आपूर्ति र सडक मर्मत तथा पहिरोबाट थप क्षति हुन नदिने र दीर्घकालीन रूपमा पहिरो नियन्त्रण र बस्ती संरक्षण अथवा स्थानान्तरणको योजना कार्यान्वयन गरिने उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.