भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

महभीर गाउँ पहिरोको जोखिममा

महभीर गाउँ पहिरोको जोखिममा

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४, महभीरको बस्ती पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुई घर भत्किनुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ । वडा सदस्य गर्वे गुरुङले काले कामी, तुलबहादुर घर्तीको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिए । “पहाडको फेदीबाट सुरु भएको दुईवटा पहिरो फेदीमा रहेको रितुङखोलासम्म पुगेको छ,” उनले भने, “ट्यांकी, मुहान र पाइपलाइनमा क्षति पुगेकाले २५ घरधुरीले प्रयोग गर्ने खानेपानी आयोजना अवरुद्ध भएको छ ।”

पहिरोका कारणले फूलबारी–महभीर–च्युरीबोट सडक अवरुद्ध भएको छ । गाउँको बीचमा ठूलाठूला खोल्सा बनाएको छ । खोल्साछेउछाउको जमिन चिराचिरा भएको छ । २०० रोपनीभन्दा बढी खेतीयोग्य जमिनमा क्षति गरेको छ । गएको बुधबार रातिको पहिरोमा परी तुलबहादुरको गोठमा रहेका एक राँगो र एक गोरु मरेका थिए । “हामी त्यो दिन घरमा नभएकाले पहिरोबाट बचियो,” तुलबहादुर भने, “११ जनाको परिवार आफन्तकोमा आश्रय लिएर बसेका छौँ ।” काले कामीले अर्को ठाउँमा रहेको घडेरीमा पनि पहिरोको जोखिम भएकाले कहाँ बस्ने भन्ने चिन्ताले सताएको बताए । पूर्णदेवी घर्ती, सहबहादुर घर्ती, सहबहादुर सुनार, लालबहादुर कामी, तिलक कामी, गोेरे कामी, पोविसरा सुनार, वीरबहादुर कामी, मुक्तिराम सुनार, कुलप्रसाद घर्ती, भीमप्रसाद सुनार, रहमन घर्ती र कुमारी घर्तीको घर जोखिममा रहेका वडा सदस्य गुरुङले बताए ।

सो ठाउँमा गत हिउँदमा पनि सुक्खा पहिरो खसेर एउटा घरमा क्षति गरेको थियो । पहिरो प्रभावित क्षेत्रको बिहीबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले निरीक्षण गरेका थिए ।

“पहिरोबाट घरवास गुमाएकालाई जिल्ला प्रशासन कार्यालयमार्फत राहतको व्यवस्था हुन्छ,” उनले भने, “घर पुनर्निर्माणका लागि तीनै तहका सरकारको साझेदारीमा पाँच लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने व्यवस्था भएकाले सोहीअनुसार सहयोग गर्छौँ ।” तत्काल खानेपानी आपूर्ति र सडक मर्मत तथा पहिरोबाट थप क्षति हुन नदिने र दीर्घकालीन रूपमा पहिरो नियन्त्रण र बस्ती संरक्षण अथवा स्थानान्तरणको योजना कार्यान्वयन गरिने उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.