भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

शिक्षामन्त्री महावीर पुन: ‘गतिलो टिम बनाउन व्यस्त छु, अनावश्यक फोन नगर्नू’

शिक्षामन्त्री महावीर पुन: ‘गतिलो टिम बनाउन व्यस्त छु, अनावश्यक फोन नगर्नू’

काठमाडौँ, ८ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयमा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त रहेको बताएका छन्। उनले केही दिनका लागि आफूलाई अनावश्यक फोन नगर्न र मेसेज पठाउन नहुने अनुरोध गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “अस्तिदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौँ कल र मेसेज आइरहेका छन्। म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टीम बनाउन व्यस्त छु। त्यसैले केही दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला।”

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन सोमबार शिक्षामन्त्री नियुक्त भएका थिए। उनले क्वार्टर आवश्यक नपर्ने भन्दै मन्त्रालयमै बस्ने निर्णय गरेका छन्। मन्त्रालयभित्रै भान्सा र शयनकक्षाको व्यवस्थासमेत गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.