भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

२२ वर्षपछि आफ्नै भवनमा महिला आयोग

२२ वर्षपछि आफ्नै भवनमा महिला आयोग

काठमाडौं । स्थापनाको २२ वर्षपछि राष्ट्रिय महिला आयोग आफ्नै स्वामित्वको भवनमा सर्ने भएको छ । आयोगको कार्यालय स्थापनाकालदेखि हालसम्म राष्ट्रिय समाचार समितिको भद्रकालीस्थित भवनमा भाडामा बस्दै आएको थियो ।

आयोग अबको १५ दिनभित्र नारायणहिटी दरबारस्थित तत्कालीन राहदानी विभागको भवनमा सरिसक्ने आयोगका सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले जानकारी दिए । सहरी विकासमन्त्री सीता गुरुङले गत असोज २१ गते मन्त्रिस्तरीय निर्णयबाट राहदानी विभागको भवनको पहिलो तला र अपुग भएमा अन्य तलाका कोठासमेत आयोगलाई स्वामित्व हुने गरी उपलब्ध गराउने निर्णय गरेको छ ।

सहरी मन्त्रालयको निर्णयपछि आयोगले कार्यालय सार्नका लागि आवश्यक व्यवस्थापकीय काम गर्न यही माघ १२ गते सदस्य एवं प्रवक्ता खतिवडाको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले तत्कालीन राहदानी विभागको भवनमा कार्यालय सार्नका लागि आवश्यक तयारी पूरा गरेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.