भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

शिक्षा प्रणाली सुधारका लागि ‘विद्यार्थी महोत्सव’

शिक्षा प्रणाली सुधारका लागि ‘विद्यार्थी महोत्सव’

काठमाडौं । आजदेखि काठमाडौंमा ‘विद्यार्थी महोत्सव’ को आयोजना भएको छ। भृकुटीमण्डपमा जेठ १ देखि ३ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थीलाई स्वदेशमै पढेर केही गर्न सकिन्छ भन्ने जानकारी गराउन महोत्सव गर्न लागेको अध्यक्ष समिक वडालले बताए ।

युवा विद्यार्थीलाई मातृभूमिप्रति प्रेम र स्नेह जगाउँदै ‘नेपालमै पढ्छु, म बनाउँछु मेरो देश नेपाल’ भन्ने भावना जागृत गर्दै ‘विद्यार्थी महोत्सव’ का माध्यमबाट एउटा नयाँ जागरण ल्याउने प्रयत्न गर्ने उनको भनाई छ ।अध्यक्ष बडालले विद्यार्थी महोत्सवमा विद्यार्थीलाई नेपालको शिक्षा प्रणालीको बारेमा जानकारी गराउनुका साथै शिक्षा प्रणाली सुधार गर्न के के आवश्यक छ भनेर सुझाव दिने बताए ।

विद्यार्थी महोत्सवमा सामूहिक छलफल समेत हुनेछ । विद्यार्थी आन्दोलनको छ दशक र अवको कार्यभार, शिक्षा प्रणालीको पोलिटिकल इन्जिनियरिङ कस्तो ?, कसरी सम्भव छ राजनीतिक स्थायित्व ?, बदलिँदो भूराजनीति र नेपाल, विश्वविद्यालय सुधार किन र कसरी ?, युवा विद्यार्थी पलायनको अर्थराजनीतिक आयाम लगायतका विषयमा नेपालका राजनीतिक दलका नेताबीच सामूहिक छलफल हुने छ ।

 


Thali Mobile Pvt.Ltd.