भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘इण्डिया आउट’ चुनावी नारा दिएर सत्तामा आएका मालदिभ्सका राष्ट्रपतिले फिर्ता पठाए भारतीय सेना,

‘इण्डिया आउट’ चुनावी नारा दिएर सत्तामा आएका मालदिभ्सका राष्ट्रपतिले फिर्ता पठाए भारतीय सेना,

काठमाडौं । भारतीय सेना मालदिभ्सबाट फिर्ता भएको छ । मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएपछि उनले भारतीय सैनिकलाई फिर्ता पठाएका हुन । भारतीय सैनिकलाई स्वदेश फिर्ता हुन दिइएको अन्तिम समयसीमा सकिनु एक दिन अगाडि नै मालदिभ्सका विदेशमन्त्री मुसा जमिर विहीबार भारत भ्रमण गरेका थिए ।

यसै सन्दर्भमा भारतीय विदेश मन्त्रालयले विहीबार पत्रकार सम्मेलन गरी मालदिभ्सबाट भारतीय सैनिक फिर्ता भएको जानकारी दियो । पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दिएको जानकारी अनुसार सैनिकहरुको स्थानमा गैरसैनिक प्राविधिक टोली खटाइएको छ ।

मालदिभ्सका तीन विमानस्थलमा भारतीय सैनिक तैनाथ थिए । उनीहरुले हिन्द महासागरमा निगरानी राख्दथ्ये । ‘इण्डिया आउट’ चुनावी नारा दिएर सत्तामा आएका मुइज्जुले भारतीय सैनिकलाई फिर्ता हुन १० मार्चदेखि १० मेसम्म समयसीमा दिएका थिए ।

एड्डु विमानस्थलमा २५ भारतीय सैनिक तैनाथ थिए । उनीहरु १० मार्चभन्दा अघि नै भारत फिर्ता भइसकेका थिए । एड्डु विमानस्थलमा भारतका दुई हेलिकप्टर र एउटा हवाईजहाज छन् । तिनको सन्चालन अब गैरसैनिक कर्मचारीहरुले गर्ने मालदिभ्स मिहारु पत्रिकाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.