भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

मानव सेवा आश्रम भवन बनाउने एक करोड विनियोजन

मानव सेवा आश्रम भवन बनाउने एक करोड विनियोजन

कर्णाली । मानव सेवा आश्रमले सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’का क्रममा एक सय ४४ सहयोगापेक्षी सडक मानवको उद्धार गरेको छ। कर्णाली प्रदेश सरकारद्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले उद्धार यात्राको १७औँ दिनसम्म एक सय नौ पुरुष, ३२ महिला र तीन बालबालिका सडकबाट उद्धार गरिएको जानकारी दिए।

विसं २०८२ सम्म नेपाललाई सडक मानवमुक्त देश घोषणा गर्ने लक्ष्य लिएर उद्धार यात्रा थालिएको जनाउँदै उनले कोही कसैलाई सडक मानव र बेसहारा हुन नदिने राष्ट्रिय सङ्कल्पको आधार तयार गर्न यो पटक पनि यात्रा जारी राखिएको जनाए। अध्यक्ष अधिकारीले भने, ‘यो चौथो मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा हो, अघिल्लो वर्ष तीन सय चारजना सहयोगापेक्षी सडक मानवको उद्धार भएको थियो।’ पूर्व–पश्चिममा सहयोगापेक्ष सडक मानवको अवस्था सडक मानवमुक्त प्रदेशका रुपमा घोषित कर्णालीमा मानव सेवा आश्रमको भवन निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेकोप्रति उहाँले प्रदेश सरकारलाई उनले धन्यवादज्ञापन गरे।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मानवता प्रवर्द्धनका लागि थालिएको पुण्य काममा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए। ‘दिन लगाएर गर्ने कामभन्दा मन लगाएर गरिएका काम सफल हुन्छ,’उनले भने,‘हामी ठीक हुँदा देश नै ठीक हुन्छ, आफूभित्रको मानवता प्रकट गरेर समाजमा उदाहरणीय काम गरौँ, ऊँ कैलाश, कर्णाली र कर्मप्रति सङ्कल्पित हौँ।’

राष्ट्रिय गायिका आनीछोइङ डोल्माले करुणा शक्तिबाट मात्र सेवा भाव प्रकट हुने बताइन्। मानव सेवा आश्रमले थालेको काममा कर्णाली प्रदेश सरकारले महत्वपूर्ण सहयोग गरेको भन्दै तिहारको बेलामा पनि मानव सेवामा समर्पित आश्रमका साधक साधकीहरुको उच्च प्रशंसा गर्दै सेवा भावबाट गरिएका कामले मात्र पुण्य कमाउन सकिने जिकिर गरे।

अध्यक्ष अधिकारीका अनुसार यात्राको सम्पूर्ण खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले व्यहोरेको छ। कार्यक्रममा कर्णाली प्रदेश सरकारका निमित्त सचिव आनन्द सारु, आन्तरिक मामिला सचिव पुष्पराज शाही, सामाजिक विकास सचिव दीर्घबहादुर पोखरेलसहितको सहभागिता रहेको थियो। रासस

 

 


Thali Mobile Pvt.Ltd.