भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

इजरायलमा सरकारविरुद्ध ठूलो प्रदर्शन

इजरायलमा सरकारविरुद्ध ठूलो प्रदर्शन

एजेन्सी । इजरायलमा सरकारविरुद्ध ठूलो प्रदर्शन भएको छ। गाजामा जारी आक्रमणबीच प्रदर्शनकारीले जेरुसेलमस्थित इजरायली संसद् भवन घेरा हालेका छन्।

७ अक्टोबरमा दक्षिणी इजरायलमा हमासले आक्रमण गरेपछि सुरक्षा असफलतालाई लिएर सरकारले व्यापक आलोचना खेप्नु परिरहेको छ। आक्रमणमा इजरायलमा एक हजार १३९ जनाको मृत्यु भएको थियो। २५० भन्दा बढीलाई हमासले अपहरण गरी बन्धक बनाएको थियो।

दुई दिनदेखि जारी प्रदर्शनमा तत्काल युद्धविराम गरी बन्धक छुटाउन सरकारसँग माग गरिएको छ। साथै प्रदर्शनकारीले मुलुकमा नयाँ आम निर्वाचनको माग समेत अघि बढाएका छन्। गत अक्टोबरदेखि गाजामा जारी आक्रमणयता जेरुसेलममा सबैभन्दा ठूलो प्रदर्शन भएको बताइएको छ।

 

 


Thali Mobile Pvt.Ltd.