भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इजरायलमा सरकारविरुद्ध ठूलो प्रदर्शन

इजरायलमा सरकारविरुद्ध ठूलो प्रदर्शन

एजेन्सी । इजरायलमा सरकारविरुद्ध ठूलो प्रदर्शन भएको छ। गाजामा जारी आक्रमणबीच प्रदर्शनकारीले जेरुसेलमस्थित इजरायली संसद् भवन घेरा हालेका छन्।

७ अक्टोबरमा दक्षिणी इजरायलमा हमासले आक्रमण गरेपछि सुरक्षा असफलतालाई लिएर सरकारले व्यापक आलोचना खेप्नु परिरहेको छ। आक्रमणमा इजरायलमा एक हजार १३९ जनाको मृत्यु भएको थियो। २५० भन्दा बढीलाई हमासले अपहरण गरी बन्धक बनाएको थियो।

दुई दिनदेखि जारी प्रदर्शनमा तत्काल युद्धविराम गरी बन्धक छुटाउन सरकारसँग माग गरिएको छ। साथै प्रदर्शनकारीले मुलुकमा नयाँ आम निर्वाचनको माग समेत अघि बढाएका छन्। गत अक्टोबरदेखि गाजामा जारी आक्रमणयता जेरुसेलममा सबैभन्दा ठूलो प्रदर्शन भएको बताइएको छ।

 

 


Thali Mobile Pvt.Ltd.