भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेकाले सजक रहन आग्रह

हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेकाले सजक रहन आग्रह

काठमाडौं । उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली भएको हो ।

पश्चिमी न्यूनचापीय प्रणालीका कारण आइतबारदेखि कर्णाली क्षेत्रमा यसको प्रभाव बढी देखिनेछ । सोमबार यसमा अझै वृद्धि हुनेछ भने त्यसको असर लुम्बिनी प्रदेश हुँदै काठमाडौँसम्म पनि आइपुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदा प्रणाली कमजोर हुँदै आउने र काठमाडौँमा पनि थोरै बदली भई छिटपुट वर्षा हुनसक्ने र चिसो बढ्ने विभागले जनाएको छ । बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानमा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी दिनमा नेपालको पश्चिमी भूभागमा चिसो बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण पश्चिमी क्षेत्रमा बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.