भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेकाले सजक रहन आग्रह

हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेकाले सजक रहन आग्रह

काठमाडौं । उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली भएको हो ।

पश्चिमी न्यूनचापीय प्रणालीका कारण आइतबारदेखि कर्णाली क्षेत्रमा यसको प्रभाव बढी देखिनेछ । सोमबार यसमा अझै वृद्धि हुनेछ भने त्यसको असर लुम्बिनी प्रदेश हुँदै काठमाडौँसम्म पनि आइपुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदा प्रणाली कमजोर हुँदै आउने र काठमाडौँमा पनि थोरै बदली भई छिटपुट वर्षा हुनसक्ने र चिसो बढ्ने विभागले जनाएको छ । बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानमा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी दिनमा नेपालको पश्चिमी भूभागमा चिसो बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण पश्चिमी क्षेत्रमा बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.