भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

औद्योगिक व्यापार मेलामा आठ करोडको कारोबार

औद्योगिक व्यापार मेलामा आठ करोडको कारोबार

काठमाडौं । १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ मा आठ करोडको कारोबार भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको सो मेलामा स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्य रहेको थियो ।

महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक वैशाख २६ गते बुधबारदेखि ३० गते आइतबारसम्म संचालन भएको थियो।

छ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रतिविम्वित गर्ने प्रदर्शनीको मुख्य नारा ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ रहेको छ ।

२५२ वटा स्वदेशी तथा विदेश घरेलु उत्पादनका स्टलहरु रहेको प्रदर्शनीमा मौरी व्यवसायीहरुले मात्र ३० वटा स्टल राखेका थिए । चितवन, कैलाली, वाँके, सुर्खेत, दाङ, कपिलबस्तु, नवलपरासी पूर्व र नवलपरासी पश्चिम, काश्की, मोरङ, रौतहट, सर्लाही, झापा, काठमाडौं, भक्तपुर र ललितपुरबाट मौरीपालक कृषकहरुले आफ्नो उत्पादन विक्री तथा प्रदर्शन गरेको मिलिजुली मौरीपालन सहकारी चितवनका सचिव रबी अधिकारीले बताए ।

 


Thali Mobile Pvt.Ltd.