भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

यो बर्खामा पनि काठमाडौं आउदैन मेलम्चीको पानी

यो बर्खामा पनि काठमाडौं आउदैन मेलम्चीको पानी

काठमाडौं । यो बर्खामा पनि मेलम्चीको पानी काठमाडौं उपत्यका नआउने भएको छ। पानी ल्याउन मेलम्ची खोलाको बाँध क्षेत्रमा बाढी रोक्ने कुनै पनि पूर्वाधार अहिलेसम्म पनि नबनाउँदा यस वर्ष पनि बर्खामा काठमाडौंवासीले मेलम्चीको पानी खान नपाउने भएका हुन्।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार ठूलो पानी पर्नासाथै पानीमा लेदो आउने र लेदोले सुरुङ मार्गमा असर पार्ने भएकाले बर्खामा पानी ल्याउन बन्द गरिनेछ। उनका अनुसार सुरुङ मार्गमा बाढी रोक्ने पूर्वाधार बनिनसकेकाले लेदोसहितको बाढी आउनेबित्तिकै सुरुङमा असर पार्ने हुँदा पानी पथान्तर गरिने छैन।

वर्षामा दुई महिना पानी उपत्यका नआउने उनको भनाइ छ। गतवर्ष बाढीले गरेको हेडवर्क्स अहिलेसम्म नबनेकाले बर्खामा पानी उपत्यका ल्याउन नसकिने उनी बताउँछन्।

मेलम्चीको मुहानमा हाइड्रोलिक उपकरण राखे पनि गत वर्ष साउन २८ र २९ गते आएको बाढीले सुरुङको मुखमा क्षति गरेको थियो।

 


Thali Mobile Pvt.Ltd.