महोत्तरी । मिथिलाञ्चलमा आज ‘कोजाग्रत पर्व’ सुरु भएको छ ।
यो पर्वमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ । पूर्णिमा तिथि आज साँझ सुरु भएपछि कोजाग्रतका विधि प्रारम्भ गरिनेछन् ।
असोज शुक्लपक्षको साँझ सम्पन्नताकी देवी महालक्ष्मी पृथ्वीको विचरणमा आउने र ‘को जागैछन् रु’ भनेर हेर्ने हुँदा यस दिनलाई ‘कोजगरा’ भनिएको पाका मैथिल बताउँछन् ।
मिथिलामा यो रात जाग्राम बस्ने चलन छ । कोजाग्रत पूर्णिमाका दिन जनकपुरको जानकी मन्दिरमा विशेष पूजा गरिन्छ ।