मोरङमा विद्यार्थीहरुद्धारा नगरप्रहरीमाथि आक्रमण

मोरङमा विद्यार्थीहरुद्धारा नगरप्रहरीमाथि आक्रमण image

काठमाडौं । मोरङमा विद्यार्थीको समूहले रंगेली नगरपालिकाका नगरप्रहरीमाथि आक्रमण गरेको छ । निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका उनीहरूले नगरप्रहरीमाथि आक्रमण गरेका हुन् ।

विद्यार्थी समूहको आक्रमणबाट ४ जना नगरप्रहरीहरू घाइते भएका छन् । साथै उनीहरूले नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

प्रहरीले आक्रमण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र छन् । पक्राउ परेका उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइने प्रहरीले बताएको छ ।

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda