काठमाण्डौ । २ सय ६९ उजुरी सात महिनाको अवधिमा म्यानपावर कम्पनीविरुद्ध दर्ता भएको छ । २ करोड ९२ हजारभन्दा बढी रकम क्षतिपूर्ति स्वरुप वैदेशिक रोजगारबाट फर्केका श्रमिकलाई उपलब्ध गराइएको विभागले जनाएको छ । उक्त अवधिमा वैदेशिक रोजगमार विभागका अनुसार यसमध्ये १ सय ६२ उजुरीमा मिलापत्र गराएको छ ।
वैदेशिक रोजगार विभागबाट श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरुवा भएका महानिर्देशक मदन दहालले आफ्नो सात महिने कार्यकालमा भएका मुख्य कामहरुको विवरण सार्वजनिक गरेका हुन । सात महिनाको अवधिमा व्यक्तिगततर्फ ५ सय ९२ उजुरी परेकोमा ६८ वटामा मिलापत्र गराइ २ करोड १४ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको छ ।
विभागको कामले वैदेशिक रोजगार पीडितहरुको उत्साह र मनोबल बढेको दाबी र सात महिनाको अवधिमा ३२ वटा नयाँ म्यानपावर कम्पनी दर्ता भएका छन । यस अवधिमा विभागले ३२ वटा म्यानपावर कम्पनीको कारोबार रोक्का, १६ वटाको इजाजतपत्र निलम्बन र दुई म्यानपावर कम्पनीको इजाजतपत्र खारेज गरेको छ । विभागले वैदेशिक रोजगारको सिलसिलामा ठगीमा परेका, अलपत्र परेका, सम्झौताबमोजिमको काम र तलब सुविधा नपाएका श्रमिकलाई सहयोग गर्दै आएको छ ।