भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कोरिया जान सन् २०२४ को फर्म खुला गर्नुपर्ने लगायतका माग सहित पाँच दिनदेखि विद्यार्थीको प्रदर्शन

कोरिया जान सन् २०२४ को फर्म खुला गर्नुपर्ने लगायतका माग सहित पाँच दिनदेखि विद्यार्थीको प्रदर्शन

काठमाण्डौ । पाँच दिनदेखि ईपीएस शाखा कार्यालयमा प्रदर्शन भएको छ । ललितपुरको ग्वार्कोमा रहेको ईपीएस शाखा कार्यालयमा सीप बिल्डिङतर्फको परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई अन्याय भएको भन्दै पाँचदिन देखि विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । उनीहरुले मेनुफेक्चर अर्थात् औद्योगिकतर्फ लिइएको परीक्षामा आफूहरुलाई अनुतीर्ण गरेको भन्दै प्रदर्शन गरेका हुन ।

ईपीएस शाखा कार्यालयले परीक्षार्थीलाई धर्ना, जुलुस जस्ता कार्यक्रम तत्काल बन्द गर्न अनुरोध गरेको छ । विद्यार्थीका मागका विषयमा कोरिया सरकारसँग छलफल भइरहेको कार्यालयले जनाएको छ । नेपालमा रहेको दक्षिण कोरियाको सम्पर्क कार्यालय एचआरडी सर्भिस अफ कोरिया, ईपीएस सेन्टर नेपाल र अन्य सम्बन्धित निकायसँग छलफल भइरहेको र निष्कर्षमा पुग्न केही समय लाग्ने भएकाले धर्ना, जुलुस जस्ता विरोधका कार्यक्रम रोक्न कार्यालयले आग्रह गरेको छ ।

ईपीएस प्रणाली अन्तर्गत एक विद्यार्थीले वर्षमा एक पटकमात्रै परीक्षा दिन पाइन्छ । यसअघि सीप बिल्डिङको परीक्षा दिएकामध्ये ४ हजार उत्तीर्ण भएका थिए भने २८ हजार अनुत्तीर्ण भएका थिए । तर ईपीएस शाखाले भाषा परीक्षा डिसेम्बरमै खोलेपछि ती अनुत्तीर्ण भएका २८ हजार विद्यार्थीले परीक्षा दिन नपाउने भएका छन् । उनीहरूले सीप बिल्डिङमा फेल भएकाले फर्म भर्न पाउनुपर्ने, सन् २०२४ को फर्म खुला गर्नुपर्ने लगायतका माग गर्दै प्रदर्शन थालेका हुन् ।

 

 


Thali Mobile Pvt.Ltd.