भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

बिहानैदेखि काठमाडौंसहित धेरै ठाउँमा चर्को घाम

बिहानैदेखि काठमाडौंसहित धेरै ठाउँमा चर्को घाम

काठमाडौँ, २० भाद्र । शुक्रबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा चर्को घाम लागेको छ। मौसमविद्हरूका अनुसार गएराति केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहे पनि कतैकतै हल्कादेखि मध्यम वर्षा मात्रै भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा बैतडीमा ४२ मिलिमिटर र दार्चुलामा २८ मिलिमिटर पानी परेको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगका केही ठाउँ तथा तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

त्यस्तै, राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा एक/दुई ठाउँमा ठूलो वर्षा पर्न सक्ने महाशाखाले अनुमान गरेको छ। अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरको जानकारी महाशाखाले दिएको छ।

 


Thali Mobile Pvt.Ltd.