भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सांसद साहको माग : ‘मन्त्री गुप्तालाई बर्खास्त गरियोस्’

सांसद साहको माग : ‘मन्त्री गुप्तालाई बर्खास्त गरियोस्’

काठमाडौं, ३० असार । नेकपा एमालेका सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको बर्खास्तीको माग गरेका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद साहले गुप्तासँग सम्बन्धित घुस डिलको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार मौन बस्नु लोकतन्त्रको अपमान भएको टिप्पणी गरे ।

उनले भने, “दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान हो । म यो सदनमार्फत माग गर्दछु, गुप्ता ज्युलाई बर्खास्त गरियोस् र निष्पक्ष छानबिन होस्।” साहको मागसँगै आजकै बैठकमा सत्तारूढ दल नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले पनि मन्त्री गुप्ताको अडियोको सत्यतथ्य छानबिन गर्नुपर्ने धारणा राखिन् ।

न्यौपानेले भनिन्, “अडियो वास्तविक हो कि होइन, छानबिन आवश्यक छ। सरकार गम्भीर हुनुपर्छ ।”

 


Thali Mobile Pvt.Ltd.