भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

गायक नबिन के भट्टराईको नयाँ गीत ‘पागल भइसके’ को म्युजिक भिडियो सार्वजनिक

गायक नबिन के भट्टराईको नयाँ गीत ‘पागल भइसके’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडाैं, २८ साउन । गायक नबिन के भट्टराईको नयाँ गीत ‘पागल भइसके’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। सन्दीप डंगोलको शब्द तथा संगीतमा तयार यो गीतमा नबिनले आफ्नो फरक शैली प्रस्तुत गरेका छन्।

मोहित मुनालले गीतको संगीत संयोजन गरेका छन्। निर्देशक एलोन गुरुङ्गको निर्देशनमा तयार भएको भिडियोमा कलाकार लोप्साङ्ग पी तामाङ्ग र शिवाली श्रेष्ठले अभिनय गरेका छन्। साथै, नबिनसहित उनको ब्याण्ड ‘अतृप्त’ पनि भिडियोमा फिचर गरिएको छ।

पछिल्लो समय विभिन्न शैलीका गीत सिर्जना गर्दै आएका नबिनले हरेक गीतमा शब्द र संगीतमा विशेष ध्यान दिने बताउँछन्। ‘पागल भइसके’ गीतले पनि उनका पुराना लोकप्रिय गीतहरू जस्तै दर्शक र श्रोतालाई झुमाउने अपेक्षा गरिएको छ। यो गीत नबिनको अफिसियल युट्युब च्यानलसहित अन्य विभिन्न माध्यमबाट हेर्न र सुन्न सकिन्छ।

 


Thali Mobile Pvt.Ltd.