भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वैशाख २२ देखि नागढुङ्गा सडकमा सवारी आवागमनमा रोक

वैशाख २२ देखि नागढुङ्गा सडकमा सवारी आवागमनमा रोक

काठमाडौँ  ।नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत नागढुङ्गा–पिप्लामोड खण्डमा मर्मत कार्यका लागि वैशाख २२ गतेदेखि १० दिनसम्म राति ११ बजे देखि बिहान ३ बजेसम्म सवारी आवागमन आंशिक रूपमा बन्द हुने भएको छ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का अनुसार, मर्मत कार्यका लागि रातिको समयमा सवारी साधन रोक्नुपर्ने भएकाले काठमाडौँबाट छुटेका गाडीलाई नागढुङ्गा चेकपोस्टमा तथा काठमाडौँ भित्रिन चाहने गाडीलाई खत्रीपौवा पुलमा रोकिनेछ। रोकिएका गाडीलाई बिहान ३ बजेपछि मात्र जान दिइनेछ।

वैकल्पिक मार्गहरू:

साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। यात्रुहरूले निम्न मार्गहरू प्रयोग गर्न सक्नेछन्:

सितापाइला–भीमढुङ्गा–रामकोट–धार्के सडक, सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक

सडक मर्मत कार्यका कारण यात्रुहरूलाई असुविधा हुन सक्ने भएकाले यात्रा योजना बनाउँदा यस जानकारीलाई ध्यानमा राख्न अनुरोध गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.