भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

वैशाख २२ देखि नागढुङ्गा सडकमा सवारी आवागमनमा रोक

वैशाख २२ देखि नागढुङ्गा सडकमा सवारी आवागमनमा रोक

काठमाडौँ  ।नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत नागढुङ्गा–पिप्लामोड खण्डमा मर्मत कार्यका लागि वैशाख २२ गतेदेखि १० दिनसम्म राति ११ बजे देखि बिहान ३ बजेसम्म सवारी आवागमन आंशिक रूपमा बन्द हुने भएको छ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का अनुसार, मर्मत कार्यका लागि रातिको समयमा सवारी साधन रोक्नुपर्ने भएकाले काठमाडौँबाट छुटेका गाडीलाई नागढुङ्गा चेकपोस्टमा तथा काठमाडौँ भित्रिन चाहने गाडीलाई खत्रीपौवा पुलमा रोकिनेछ। रोकिएका गाडीलाई बिहान ३ बजेपछि मात्र जान दिइनेछ।

वैकल्पिक मार्गहरू:

साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। यात्रुहरूले निम्न मार्गहरू प्रयोग गर्न सक्नेछन्:

सितापाइला–भीमढुङ्गा–रामकोट–धार्के सडक, सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक

सडक मर्मत कार्यका कारण यात्रुहरूलाई असुविधा हुन सक्ने भएकाले यात्रा योजना बनाउँदा यस जानकारीलाई ध्यानमा राख्न अनुरोध गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.