भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

राष्ट्रिय सभा निर्वाचनका लागि अधिकृतको कार्यालय स्थापना

राष्ट्रिय सभा निर्वाचनका लागि अधिकृतको कार्यालय स्थापना

मोरङ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । आगामी माघ ११ गते हुने उक्त निर्वाचनका लागि प्रदेशको मतदानस्थल विराटनगरमा प्रदेश निर्वाचन कार्यालय स्थापना भएको हो। निर्वाचनमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ७४ सहित ३ सय ६७ जनाले मतदान गर्ने छन् ।

जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन सबै पक्षबाट सहयोग हुने विश्वास व्यक्त गर्दै कार्यालय उद्घाटन गरेका थिए ।
कोशी प्रदेशका दुई स्थानमा निर्वाचन हुनेछ ।

राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका १२ राजनीतिक दलका प्रतिनिधिसँग चाँडै छलफल कार्यक्रम गरिने उनले जानकारी दिए ।