भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

शैक्षिक गुणस्तर सुधारमा जुट्दै षडानन्द नगरपालिका

शैक्षिक गुणस्तर सुधारमा जुट्दै षडानन्द नगरपालिका

भोजपुर । जिल्लाको षडानन्द नगरपालिकाले शैक्षिक सुधार नियम तर्जुमा गरी त्यसको अक्षरसः कार्यान्वयनमा जोड दिएको छ । नगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले नियम बनाएर सुधार योजना कार्यान्वयन थालेको हो ।

बालागुरु षडानन्द अधिकारीले विसं १९३२ चैतमा स्थानीयको संलग्नतामा नर्मदेश्वर शिव मन्दिर निर्माण गरी पहिलो संस्कृत पाठशाला स्थापना गरेका थिए। जनस्तरबाट व्यवस्थित यो विद्यालय नेपालको पहिलो भनिन्छ । शिक्षाको उर्वरभूमि मानिने षडानन्द क्षेत्रका सामुदायिक विद्यालयको खस्किँदो गुणस्तरमा सुधार ल्याउन नगरले आवश्यक सुधारका लागि जोड दिएको हो ।

विशेषगरी नगरपालिकाले कुनै पनि विद्यालयमा कुनै कारणवश शिक्षक पद रिक्त भएमा त्यहाँ पदपूर्तिका लागि लिइने परीक्षामा पारदर्शिता कायम राख्दै क्षमतावान् शिक्षकको छनोटका लागि आफ्नै नियम बनाएर सुधार अभियान थालेको छ ।

जिल्लाका धेरै विद्यालयमा करारमा शिक्षक छनोट प्रक्रियाको परीक्षा पारदर्शी नभएको, मिलेमतोमा आफ्ना मान्छेलाई जागिर खुवाएको भन्ने स्थानीयबाट आउने गरेको आरोपलाई ध्यानमा राख्दै नगरले आफ्नै नियम तयार गरेको नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए । नगरका सामुदायिक विद्यालयमा शिक्षकको रिक्त दरबन्दीमा पदपूर्तिका लागि लिइने परीक्षालाई लक्ष्य गरेर नियम बनाइएको उनको भनाइ छ ।

नगरले शिक्षकको पदपूर्तिका लागि लिइने परीक्षा विज्ञहरूबाट गोप्यरूपमा प्रश्नपत्र सङ्ग्रह ९प्रश्न बैंक०को समूह निर्माण गरेर मात्र परीक्षा सञ्चालन गरिने प्रमुख उदासले बताए । “शिक्षक छनोटका लागि लिइने धेरै परीक्षा पारदर्शी भएन भन्ने मैले पनि सुन्ने गरेको छु, जनतामा शङ्का उत्पन्न हुनु राम्रो होइन । नगरले कुनै पनि विद्यालयमा करारमा शिक्षक छनोटका लागि लिइने परीक्षाका लागि नियम बनाएको छ”, उनले भने ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि नगरले प्राथमिकताको साथ काम गरिरहेको उनले बताए । नगर क्षेत्रका विद्यालयमा प्राविधिक शिक्षामा जोड दिएको उनको भनाइ छ । त्यसनिम्तियोजनाबद्धरूपमा काम गरिरहेको उनले जानकारी दिए । रासस

 


Thali Mobile Pvt.Ltd.