भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा

लमजुङ । परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको छ  ।

मध्यनेपाल नगरपालिका वडा नं। १० नेटाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको हो ।

पालिकाको सांस्कृतिक विविधतामा एकता कायम राख्ने उद्देश्यले नौमती बाजा हस्तान्तरण गरिएको मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले बताए । उनले दलित समुदायको पराम्परागत संस्कृति संरक्षणसँगै आयआर्जनमा पनि सहयोग पुग्ने उल्लेख गर्दै लोप हुँदै गएको मौलिक बाजा संरक्षण गर्न नगरपालिकाले दलित समुदायलाई बाजा हस्तान्तरणसँगै सीप सिकाउने अभियान पनि सुरु गरेको बताए ।

यसैबीच, सुन्दरबजारमा सञ्चालित दुईदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । शिविरमा दुई सय १७ जनाले सेवा लिएका सुन्दर बजार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए ।

सुन्दरबजार अस्पतालको आयोजना तथा सुन्दरबजार नगरपालिका वडा नं। ७ को सहयोगमा शिविर सञ्चालन गरिएको हो । त्यसमा धुलिखेल अस्पतालको प्राविधिक सहयोग रहेको उनले जानकारी दिए । रासस

 


Thali Mobile Pvt.Ltd.