आपसी सहयोग केन्द्र काभ्रे शाखाको अनुकरणीय कार्य, किसानलाई अनुदान एवम् जैविक–किटनाशक औषधी वितरण

आपसी सहयोग केन्द्र काभ्रे शाखाको अनुकरणीय कार्य, किसानलाई अनुदान एवम् जैविक–किटनाशक औषधी वितरण

काभ्रे । आपसी सहयोग केन्द्र नेपाल काभ्रे शाखाले कृर्षकलाई कृषि सामग्री वितरण गरेको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिकाका वडा नं १ देनि ४ सम्मका किसानहरुलाई आपसी सहयोग केन्द्र नेपालले चैत्र ७ गते बुधबार काभ्रे एकिकृत ग्रामीण सशक्तिकरण कार्यक्रम अन्तरगत तरकारी उत्पादन तथा विक्रीमा आधारित अनुदान एवम् जैविक–किटनाशक औषधी वितरण गरेको हो ।organic-insecticide medicines

अनुदान एवम् जैविक–किटनाशक औषधी वितरण गर्दै मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोकबहदुर वाइवाले कृषकहरुलाई अनुदान वितरण गर्न पाउँदा खुशी लागेको बताउँनुभयो । उहाँले जग्गा भाडामा लिएर पनि रैथाने बालीबाट आम्दान गर्ने किसानलाई सम्मान तथा औषधी वितरण गर्न पाउँदा आफू हर्षित भएको बताउँदै नगदे बाली लोप हुदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

रैथाने बालीको संरक्षण गर्न किसानलाई आग्रह गर्दै मेयर वाइवाले नगरपालिका पनि किसानको हातमा हात मिलाएर अघिबढ्ने प्रतिबद्धता व्यक्त गर्नुयो । आपसी सहयोग केन्द्र नेपालको सहयोगमा रैथाने बालीको जर्गेना गर्न, कृषि उत्पादनबाट आम्दानी गर्न सकिने कुरा प्रमाणीत भइसकेको बताउँदै तरकारी संकलन केन्द्रलाई पनि व्यवस्थित बनाउँदै लैजाने कुरामा मण्डनदेउपुर नगरपालिका दृढ रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा आपसी सहयोग केन्द्र नेपाल काभ्रे शाखाका अध्यक्ष बद्री माकले नगरमा निर्माण गरिएको तरकारी केन्द्रलाई व्यवस्थीत बनाउन नगर प्रमुखलाई आग्रह गर्नुभयो । उहाँले मण्डनदेउपुर नगरपालिका वडा नं १ देखि चार सम्मका किसानलाई राहत प्रदान गर्न तरकारी संकलन केन्द्र किसानलाई प्रदान गरे किसानलाई उचित राहत हुने तर्क गर्नुभयो ।

चाँगुनारायण नगरपालिका वडा नं ६ ले किसानलाई तरकारी वितरण गर्ने स्थान प्रदान गरेकाले मन फुकाएर सहयोग गर्न नगर प्रमुख वाइबालाई अध्यक्ष माकले आग्रह गर्नुभयो । मण्डनदेउपुर नगरपालिका तरकारी मात्रै नभई फूल खेतीमा समेत लाग्न सुझाउनुभयो । कार्यक्रममा आपसी सहयोग केन्द्र नेपाल काभ्रे शाखाका कार्यक्रम प्रमुख प्रल्हाद तिमिल्सिनाले अनुदान पाउँने किसानलाई बधाई दिदै अनुदान पाउने किसानलाई थप प्रोत्साहन गर्न अनुदानले प्रेरित गरेको बताउँनुभयो ।

उहाँले साउँन २० गतेबाट सुरु भएको तरकारी हाटबजारमा निरन्तर किसानको सहभागीता देख्दा आफूहरु पनि उत्साहित भएको बताउनुभयो । कार्यक्रममा कृषि प्राविधिक प्रमिला लामाले किसानलाई कृषि उत्पादन अर्गानिकउन्मुख कसरी बनाउन सकिन्छ भन्ने विषयमा जानकारी दिनुभएको थियो ।

उहाँले रैथाने व्यू संकलन कार्य पनि भइरहेको बताउँदै विभिन्न औषधीहरुबारे किसानलाई प्रशिक्षित गर्नुभयो । कार्यक्रममा किसानहरुलाई अनुदान वितरण गर्नुका साथै कृषि सामग्रीहरु समेत वितरण गरिएको आपसी सहयोग केन्द्र नेपाल काभ्रे शाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.