भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

पूर्वी नवलपरासीका जीर्ण पुलमा भारी सवारी साधन चलाउन रोक, प्रहरीको २४ सै घण्टा निगरानी

पूर्वी नवलपरासीका जीर्ण पुलमा भारी सवारी साधन चलाउन रोक, प्रहरीको २४ सै घण्टा निगरानी

नवलपरासी, २५ जेठ । पूर्वी नवलपरासीको गिरुवारी खोला र अरुणखोला पुलमा ४० टनभन्दा बढी तौल बोकेको सवारी साधन चलाउन निषेध गरिएको छ। सडक डिभिजन कार्यालय भरतपुरले पुलहरूको जिर्ण अवस्था र निर्माणाधीन नयाँ संरचनाका कारण यस्तो निर्णय लिएको हो।

डिभिजन कार्यालयका अनुसार सुरक्षालाई ध्यानमा राख्दै अहिले ती पुलहरूबाट ठूला मालबाहक गाडी-जसमा ट्रक र टिप्पर विशेष गरी पर्दछन् तीनलाइ एकतर्फी रूपमा मात्र सञ्चालनको अनुमति दिइएको छ। एकपटकमा एकतर्फी सवारी मात्र गुडाउन पाउने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।

केही दिनअघि चोरमारा नजिकैको गिरुवारी खोला पुल भासिएको घटनाले झनै सतर्कता अपनाउन बाध्य बनाएको हो। अहिले प्रयोगमा रहेका दुवै पुल कमजोर अवस्थामा रहेकोले यस्ता संरचनाहरूमा असावधानीपूर्ण प्रयोगले गम्भीर दुर्घटना निम्त्याउन सक्ने जनाइएको छ।

सडक डिभिजन कार्यालयले सवारी चालक, यातायात व्यवसायी तथा सर्वसाधारणलाई अत्यधिक सावधानी अपनाउन अपिल गरेको छ। यसै सन्दर्भमा प्रहरीले पुल वरपर २४ घण्टा निगरानी र सुरक्षा व्यवस्थापन मिलाएको छ। नयाँ पुल निर्माण सम्पन्न नभएसम्मका लागि यी अस्थायी सुरक्षात्मक उपायलाई कडाइका साथ पालना गरिने जनाइएको छ।