भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

बाम्का बजारमा आगलागी, १५ करोडभन्दा बढीको क्षति

बाम्का बजारमा आगलागी, १५ करोडभन्दा बढीको क्षति

बाजुरा, २५ जेठ । बाजुराको बुढीगङ्गा नगरपालिका–६ स्थित बाम्का बजारमा भएको आगलागीबाट १५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। शुक्रबार दिउँसो ग्यास सिलिण्डर विस्फोट भएपछि सुरु भएको आगोले बजार क्षेत्रमा ठूलो क्षति पुर्‍याएको हो।

स्थानीय प्रशासनका अनुसार आगलागीमा परेर ३१ वटा व्यवसायिक पसल पूर्णरूपमा जलेका छन् भने अन्य सात पसलमा आंशिक क्षति पुगेको छ। दमकलको अभाव र चर्को हावा चलेका कारण आगो तत्काल नियन्त्रणमा ल्याउन कठिन भएको थियो।

घटनापछि विस्थापित भएका परिवारहरू हाल छिमेकी तथा आफन्तकोमा आश्रय लिएर बसेका छन्। आगलागीका कारण बजार क्षेत्रको फाइबर इन्टरनेट सेवा र विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ।

घटनापछिको व्यवस्थापनका लागि बुढीगङ्गा नगरपालिकाका मेयर रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय राहत तथा पुनःस्थापना समिति गठन गरिएको छ। त्रिवेणी नगरपालिकासँगको संयुक्त बैठकले एकद्धार प्रणालीमार्फत राहत वितरण गर्ने र तीनवटै तहका सरकार तथा संघसंस्थालाई सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको त्रिवेणी नगरपालिकाले जनाएकाे छ ।

बुढीनन्दा नगरपालिकाले पीडितहरूलाई तत्कालका लागि एक लाख रुपैयाँ राहतस्वरूप प्रदान गरिसकेको छ।

 


Thali Mobile Pvt.Ltd.