भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतबाट आएको उद्धार टोलीलाई बिदाइ गर्ने तयारी

भारतबाट आएको उद्धार टोलीलाई बिदाइ गर्ने तयारी

काठमाडौं । त्रिशूली नदीमा बेपत्ता बस खोज्न भारतबाट आएको उद्धार टोली (एनडिआरएफ) लाई आइतबार बिदाइको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

उनले नेपालको विपद व्यवस्थापन, खोज तथा उद्धार कार्यमा गरेको योगदानका लागि धन्यवादसहित भारतीय टोलीलाई आइतबार नै बिदाइ गरिने सम्भावना रहेको बताए।

असार २८ गते बिहान साढे ३ बजेतिर त्रिशूली नदीमा दुईवटा बसहरु खसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोलीले सोही दिनदेखि उद्धारको काम सुरु गरेको थियो।

शनिबारसम्म पनि बसबारे केही पत्ता नलागेपछि उनीहरुलाई बिदा गर्न लागिएको हो।

 


Thali Mobile Pvt.Ltd.