भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकारपुँजी विरुद्ध संघर्षमा उत्रन नेमकिपाकाेआह्वान

अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकारपुँजी विरुद्ध संघर्षमा उत्रन नेमकिपाकाेआह्वान

काठमाडौं, २५ भदौ । नेपाल मजदुर किसान पार्टीले हालैको राजनीतिक घटनाक्रमप्रति आपत्ति जनाएको छ। अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) को अध्यक्षतामा भदौ २८ गते बसेको केन्द्रीय सचिवालयको बैठकले  आपत्ती जनाएको हो ।

पार्टीले बहुदलीय व्यवस्थाको ३५ वर्ष यता संयुक्त र एकल सरकारहरू जनताको पक्षमा नलागेर भ्रष्टाचार, असमानता, बेरोजगारी, महँगी जस्ता समस्या बढाएको जनाएकाे छ ।

हाल देखिएको राजनीतिक जटिलतालाई त्यसकै परिणाम भएकाे प्रेस वक्तव्य उल्लेख गरेकाे छ । विज्ञप्तिमा भनिएकाे छ बहुदलीय व्यवस्था पुनःस्थापनापछि ३५ वर्षमा संयुक्त वा एकल सरकारमार्फत बनेका शासकहरू जनताका निम्ति निःस्वार्थ सेवा गर्न नसकि भ्रष्टाचार, एकाधिकार, भागबन्डा लगायतका अनियमिततामा लिप्त भएकाे हुँदा भदौ २३ र २४ गतेको जन–जनअसन्तुष्टि छताछुल्ल भएकाे जनाएकाे छ । 

देश र जनताका समस्या समाधानका लागि राष्ट्रपतिबाट समयमा संविधानको संरक्षण तथा पालन भएन र राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार तत्काल प्रयोग गरिएन । समयमै शान्ति सुरक्षा कायम नहुँदा अकल्पनीय जनधनको क्षति भयो। अहिलेको गैरसंवैधानिक कदमको लागि राष्ट्रपति स्वयम्‌ले जिम्मेवारी लिनुपर्ने र इतिहासमा राष्ट्रपति दोषी साबित हुने उल्लेख गरिएकाे छ ।

शासक दलका नेताहरूको सहमतिमा भदौ २७ गते राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटनलगायत संवैधानिक दायरा बाहिरबाट निकास दिनु भनेको जनताको भावनाविपरीत भएकाे नेमकिपाले ठहर गरेकाे छ । 

अहिलेको सङ्कटको लागि शासक दलहरू पनि इतिहासमा दोषी साबित हुने र प्रतिनिधिसभाका सभामुखले संस‌द्मा उठेका विषय कार्यान्वयन गराउन सरकारलाई निर्देशन दिने वा जवाफदेही बनाउनेजस्ता अत्यावश्यक काम गरेकाे र भदौ २३ र २४ गतेको जटिल अवस्थामा समेत सभामुखबाट सर्वदलीय बैठकको आयोजना नभएकाे विज्ञप्तिमा उल्लेख गरेकाे छ ।

विज्ञप्तिमा भनिएकाे छ इतिहासमा सभामुखसमेत यो सङ्कटको निम्ति दोषी साबित हुने छन् । नेपाल मजदुर किसान पार्टीले ठुला भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण तथा उनीहरूलाई मृत्युदण्डसमेत हुने कानुनी व्यवस्था, नेपालीको सम्पत्तिको सीमाङ्कन र विदेशमा सम्पत्ति राख्न नपाउने, नेपालीलाई योग्यताअनुसार देशभित्र रोजगारी, शिक्षा-स्वास्थ्य उपचार निःशुल्क, व्यक्तित्व विकासमा समान अवसरलगायत बन्दोबस्त हुनुपर्ने विषय उठाउँदै आएको र यी न्यायोचित विषयमा नेमकिपा पुनः जोड दिने उल्लेख गरेकाे छ  ।

नेमकिपाले वर्तमान जटिल राजनीतिक परिस्थितिमा वैदेशिक हस्तक्षेप बढिरहेको यथार्थप्रति सचेत हुँदै अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजी एवम् विस्तारवादविरोधी सङ्घर्ष चालु राख्न सम्पूर्ण देशभक्त नेपालीमा आह्वान गरेकाे छ ।

 


Thali Mobile Pvt.Ltd.