भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

पोखराका किसान बाँस्तोलाले मरिचका बिरुवा बेचेर लाखौँ आम्दानी

पोखराका किसान बाँस्तोलाले मरिचका बिरुवा बेचेर लाखौँ आम्दानी

गण्डकी, २९ भाद्र । पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यो वर्ष मरिचका बिरुवा बिक्रीबाट दुई लाख ७५ हजार रुपैयाँ आम्दानी गरेका छन्। अमृतकुञ्ज पर्माकल्चर अर्ग्यानिक फार्ममा उत्पादन भएका एक हजार १०० बिरुवा बिक्री गरेर उनले यो आम्दानी गरेका हुन्।

फार्ममा उत्पादन भएका बिरुवा पोखरा महानगरपालिका, पोखरा–१९ पुरन्चोरस्थित ठुलढुङ्गा सामुदायिक वन उपभोक्ता समूह, माछापुच्छ्रे गाउँपालिकाका किसान तथा अन्य व्यक्तिले खरिद गरेको जानकारी उनले दिएका छन्।

उनका अनुसार मरिचखेती रोग कीराको प्रकोप नहुने, बाँदर र असिनापानीले पनि खासै असर नगर्ने भएकाले सुरक्षित खेतीका रूपमा स्थापित हुँदै गएको छ। यसले वन तथा वातावरण संरक्षणमा समेत सहयोग पुगोस् भन्ने उद्देश्य रहेको उनले बताए। महानगरले खरिद गरेका बिरुवा यसै वडाका किसानलाई वितरण गरिएको छ।

साढे तीन दशकअघि भण्डार ढिक्काका आत्रय गुरुसँग दुई बिरुवा ल्याएर मरिचखेती सुरु गरेका बाँस्तोलाले अहिले १०० भन्दा बढी रुखबाट उत्पादन पाइरहेका छन्। ‘प्रतिबिरुवा २५० रुपैयाँका दरले बिक्री गर्दै आएको छु,’ उनले भने। ‘आगामी वर्ष दुई हजार बिरुवा उत्पादन गरेर पाँच लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य छ,’ बाँस्तोलाले बताए।

घर वरिपरिको भिरालो पाखोमा हुर्केका साल, आँप, चिलाउने, कटुस, कल्की, फलेदो, कटहरलगायत विभिन्न प्रजातिका सयौँ हरिया रुखका फेदमा लगाइएका मरिचका बोटले निरन्तर फल दिइरहेका छन्।

उत्पादित फल बिक्रीबाट वार्षिक एक लाखदेखि तीन लाखसम्म आम्दानी हुने गरेको छ। व्यापारीले सुकाएको मरिच प्रतिकिलो दुई हजार रुपैयाँमा घरमै आएर खरिद गर्ने गरेको बाँस्तोलाले जानकारी दिए।

झण्डै ३० रोपनीमा फैलिएको उनको फार्ममा विभिन्न प्रजातिका जडीबुटी, अगरउड, रक्तचन्दन, रातोकेरा, सितलचिनी, फलफूललगायत बोटबिरुवा हुर्किरहेका छन्। तर सरकारीस्तरबाट अहिलेसम्म कुनै सुविधा नपाएको उनको गुनासो छ।

 


Thali Mobile Pvt.Ltd.