भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

न्यायपरिषद नियमावली संशोधन खारेज गर्न माग

न्यायपरिषद नियमावली संशोधन खारेज गर्न माग

काठमाडौं । नेपाल बार एशोसिएशनले न्यायाधीशहरुको वरियता फेरबदल गर्ने गरी न्यायपरिषद नियमावली २०७४ मा गरिएको संशोधन खारेज गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग माग गरेको छ । प्रधानन्यायाधीशले यो विषयलाई गम्भीरतापूर्वक नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आइतबार बार अध्यक्ष गोपालकृष्ण घिमिरेसहितको टोलीले प्रधानन्यायाधीश श्रेष्ठसँग भेट गरी रजिष्ट्रार, मुख्य रजिष्ट्रार र न्यायसेवाका सचिवहरु न्यायाधीश हुँदा माथिल्लो वरियतामा रहने गरी न्यायपरिषद नियमावलीमा गरिएको संशोधन खारेजीको माग गरेका हुन् ।

१ असोज २०८० मा न्यायपरिषदले न्यायपरिषद नियमावली २०७४ संशोधन गरेर न्याय सेवाको सचिव पद वा सोसरहको पदमा कार्यरत व्यक्ति उच्च अदालतको न्यायाधीश नियुक्त भए उनी सचिवमा नियुक्त हुनुभन्दा पछि उच्च अदालतको न्यायाधीश भएका व्यक्ति उनीभन्दा पछिल्लो रोलक्रममा रहने व्यवस्था गरेको थियो । यो संशोधनले पछि न्यायाधीश नियुक्त व्यक्ति पनि रोलक्रममा अगाडि रहने देखिएको भन्दै आपत्ति जनाउँदै आइरहेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.