भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वर्ल्ड यूथ सभात च्याम्पियनशिपमा नेपालका बसिल त्वायनालाई रजत पदक

वर्ल्ड यूथ सभात च्याम्पियनशिपमा नेपालका बसिल त्वायनालाई रजत पदक

ताशकेंट, उज्बेकिस्तान, ११ साउन ।  उज्बेकिस्तानको ताशकेंट शहरमा जुलाई २३ देखि २७ सम्म सम्पन्न वर्ल्ड यूथ सभात च्याम्पियनशिप २०२५ मा नेपालका बसिल त्वायनाले उल्लेखनीय प्रदर्शन गर्दै रजत पदक जित्न सफल भएका छन्।

प्रतियोगिताको दोस्रो दिन ८०(८५) केजी तौल समूहमा भएको लिग चरणको खेलमा बसिलले पहिलो खेलमा आयोजक देश उज्बेकिस्तानका जिदीरोभ मोहम्मदलाई पराजित गर्दै ३ अंक हासिल गरे। दोस्रो खेलमा अजरबैजानका मेहमेद सुलेमनोभलाई हराउँदै थप ३ अंक जोड्दा, तेस्रो खेलमा फ्रान्सका मलभिन पेरीईबाट वाकओभर पाएपछि कुल ९ अंकसहित फाइनलमा प्रवेश गरेका थिए।

फाइनलमा भने बसिलको पुनः भिडन्त फ्रान्सकै मलभिन पेरीईसँग भयो। निकै प्रतिस्पर्धात्मक खेलमा बसिल पराजित भई रजत पदकमै चित्त बुझाउनु परेको हो। पेरीई लिग चरणमा ७ अंकसहित फाइनल पुगेका थिए।

नेपालमा करिब दुई वर्षअघिदेखि मात्र सुरु भएको खेलमा यस्तो ऐतिहासिक उपलब्धि हासिल गर्नु गौरवको विषय भएको नेपाल सभात संघका अध्यक्ष, मुख्य प्रशिक्षक तथा एशियन सभात कन्फिडेरेशनका कार्यकारी सदस्य लक्ष्मण बस्नेतले बताए।

उनले भने, “हाम्रो खेलाडीले सभातको पावर हाउस मानिने देशहरू उज्बेकिस्तान, अजरबैजानलाई हराउँदै फ्रान्ससँग फाइनल खेलेर रजत जित्नु नेपालका लागि ऐतिहासिक सफलता हो।”

बस्नेतका अनुसार, फाइनलमा हार भइकन पनि थुप्रै अन्तर्राष्ट्रिय कोच र खेलाडीहरू बसिलको प्रदर्शनबाट प्रभावित भएका छन्। उनी थप्छन्, “यदि संघीय, प्रदेश र स्थानीय सरकारबाट आवश्यक लगानी र सहयोग पाइयो भने नेपाललाई पनि सभात खेलमा विश्वको पावर हाउस बनाउने हाम्रो आत्मविश्वास बलियो छ।”

 


Thali Mobile Pvt.Ltd.