भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

कण्ठरोग निवारणमा नेपालले रच्यो इतिहास, गलगाँडको समस्या शून्यमा झर्‍यो

कण्ठरोग निवारणमा नेपालले रच्यो इतिहास, गलगाँडको समस्या शून्यमा झर्‍यो

काठमाडौं, ५ पुष । नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ। विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी तथा हिमाली क्षेत्रमा व्यापक रूपमा देखिने गलगाँडको समस्या पछिल्लो १० वर्षयता शून्यमा झरेको छ।

सरकारले कण्ठरोग नियन्त्रण कार्यक्रमअन्तर्गत आयोडिनयुक्त नुनको देशव्यापी वितरणलाई प्राथमिकता दिएपछि समस्या प्रभावकारी रूपमा नियन्त्रणमा आएको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनअनुसार हाल देशभर आयोडिनयुक्त नुनको पहुँच झन्डै शतप्रतिशत पुगेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राथमिकतामा सञ्चालन हुँदै आएको यो कार्यक्रम साल्ट ट्रेडिङ कर्पोरेशनको चुस्त आपूर्ति व्यवस्थापनका कारण सफल भएको राष्ट्रिय योजना आयोगको आन्तरिक मूल्याङ्कन प्रतिवेदन (२०७३) ले देखाएको छ।

हाल दुर्गम हिमाली तथा पहाडी २२ जिल्लामा समेत आयोडिनयुक्त नुनको सहज पहुँच सुनिश्चित गरिएको छ। आर्थिक वर्ष २०७०/७१ देखि हालसम्म कार्यक्रमले शतप्रतिशत सफलता हासिल गरेको स्वास्थ्य मन्त्रालयको दाबी छ।

मन्त्रालयका अनुसार आयोडिनको कमीका कारण हुने गलगाँड मात्र होइन, हाइपोथाइराइडिज्म, मानसिक तथा शारीरिक विकाससम्बन्धी समस्या पनि उल्लेखनीय रूपमा घटेका छन्। पालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा विद्यालयहरूको सक्रियतामा आयोडिनयुक्त नुनको प्रयोगबारे व्यापक जनचेतना फैलिएको छ।

ढिके नुनको प्रयोग लगभग अन्त्य भई भान्सा–भान्सामा दुई बालबालिकाको चिन्ह अंकित आयोडिनयुक्त नुनको प्रयोग उल्लेखनीय रूपमा बढेको छ। सरकारले ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ’ भन्ने सन्देशसहित आयोडिनयुक्त नुनको नियमित प्रयोग गर्न आग्रह गर्दै आएको छ।

आयोडिन शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषक तत्व हो, जसले थाइराइड हर्मोन उत्पादन, मस्तिष्कको विकास तथा शारीरिक–मानसिक क्षमतामा महत्वपूर्ण भूमिका खेल्दछ।

 


Thali Mobile Pvt.Ltd.