भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

राष्ट्र बैङ्कले १ अर्ब २० करोड रुपैयाँ बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

राष्ट्र बैङ्कले १ अर्ब २० करोड रुपैयाँ बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं, ५ पुष । नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब २० करोड रुपैयाँ बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने निर्णय गरेको छ। केन्द्रीय बैङ्कले सूचना प्रकाशित गर्दै मुद्दती निक्षेपका रूपमा उक्त रकम लगानी गर्न इच्छुक बैङ्क तथा वित्तीय संस्थालाई पर्सिसम्म आवेदन दिन आग्रह गरेको हो।

सूचनाअनुसार राष्ट्र बैङ्कले ‘क’ वर्गका वाणिज्य बैङ्कमा ९६ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैङ्कमा १८ करोड रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीमा ६ करोड रुपैयाँ बराबरको रकम लगानी गर्नेछ। इच्छुक संस्थाले आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर समेत उल्लेख गरी आवेदन पेश गर्नुपर्नेछ।

लगानीका लागि बैङ्क तथा वित्तीय संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा आएको हुनुपर्ने, न्यूनतम कूल पूँजीकोष कायम रहेको, कूल कर्जा–सापटी अनुपात ८ प्रतिशतभन्दा बढी नभएको तथा खुद् निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने सर्त तोकिएको छ।

राष्ट्र बैङ्कले तय गरेका मापदण्ड पूरा गर्ने बैङ्क तथा वित्तीय संस्थामार्फत कर्मचारी सुरक्षण कोषको रकम सुरक्षित र लाभदायक रूपमा परिचालन गर्ने उद्देश्य लिएको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.