भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

कराँचीमा भएको खेलमा पाकिस्तान ५ विकेटले पराजित, न्युजिल्याण्डले उपाधि उचाल्यो

कराँचीमा भएको खेलमा पाकिस्तान ५ विकेटले पराजित, न्युजिल्याण्डले उपाधि उचाल्यो

काठमाण्डौ । एकदिवसीय क्रिकेट शृङ्खलाको उपाधि न्युजिल्याण्डले जितेको छ । पाकिस्तानलाई हराउँदै त्रिदेशीय एक दिवसीय क्रिकेट शृङ्खलाको उपाधि न्युजिल्याण्डले जितेको हो ।

जीतका लागि दुई सय ४३ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४५ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका दुई खेलाडीले अर्धशतक बनाए । ड्याल मिचेलले सर्वाधिक ५७ र टम लाथमले ५६ रन जोडे । डेभन कन्भे ४८ रनमा आउट भए ।

कराँचीमा भएको खेलमा पाकिस्तान ५ विकेटले पराजित भएको हो । न्युजिल्याण्डका विल ओरोर्केले चार विकेट लिए । ब्रेसवेल र मिचेल स्यान्टनरले समान दुईरदुई विकेट लिए । च्याम्पियन्स ट्रफी अघि अन्तिम तयारीका लागि न्युजिल्यान्ड, दक्षिण अफ्रिका र पाकिस्तानले यो शृङ्खला खेलेका हुन् ।

पाकिस्तानका नसिम शाहले दुई तथा शाहिन शाह अफ्रिदी, अबरार अहमद र सलमान अघाले समान एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ४९ ओभर ३ बलमा दुई सय ४२ रनमा अलआउट भएको थियो । उसका कप्तान मोहम्मद रिजवानले सर्वाधिक ४६ रन बनाए । सलमान अघाले ४५ रन जोडे ।

 


Thali Mobile Pvt.Ltd.