काठमाडौं । निमा एकेडेमीले विद्यार्थीहरूका लागि सबैभन्दा ठुलो प्राविधिक कार्यक्रम आयोजना गर्ने भएको छ । कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूका लागि ठुलो प्राविधिक कार्यक्रम आयोजना गर्ने भएको हो । विधार्थीको बीचमा रचनात्मकता, नवीनता र उद्यमशीलताको सिपलाई अभिवृद्धि गर्ने महत्त्वपूर्ण कदमअन्तर्गत प्रतियोगिता आयोजना गर्न लागेको निमा एकेडेमीले जनाएको छ।
प्रतियोगिता रोबोटिक्स, कोडिङ र एआई च्याम्पियनसिप नेपालमा पहिलो पटक सुरुवात गर्न लागेको हो । यो प्रतियोगिता स्टेमपेडिया लगायत मोटवानी जडगेजा फाउन्डेसन, आर्टपपार्क, एआई र रोबोटिक्स टेक्नोलोजी पार्क र नीति आयोग द्वारा आयोजित संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्य (एसडीजीएस) सँग आवद्ध वार्षिक कार्यक्रम हो । दिगो भविष्यतर्फ विद्यार्थीको क्षमता उपयोगमा स्टेमपेडियाको विश्वव्यापी प्रभावलाई मान्यता दिँदै निमा एकेडेमीले यस क्षेत्रीय च्याम्पियनसिपको आयोजना गर्न साझेदारी गरेको छ ।
नेपालमै पहिलो पटक हुनलागेको अन्तर्राष्ट्रिय रोबोटिक्स, कोडिङ र एआई प्रतियोगिता एक ऐतिहासिक कोसेढुङ्गा हुने एकेडेमीका प्रमुख कार्यकारी अधिकृत निश्चल प्रधानले बताए । यसले विद्यार्थीहरूलाईउ एआईसम्बन्धी विशेषज्ञता विश्वव्यापी स्तरमा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उनको भनाइ छ । यस्तो कार्यक्रम सन् २०२२ मा आयोजना भएको थियो जसमा ७० भन्दा बढी देशका सहभागीहरुले प्रतियोगितामा भागलिएका थिए र १३ देशबाट ५० जना सहभागीहरू विजयी घोषित गरिएका थिए । उक्त कार्यक्रम भव्य रूपमा सफल भएकोथियो ।
यो कार्यक्रममा देशभरका १०० विद्यालयका करिब २००० विद्यार्थीहरू सहभागी हुने अपेक्षा गरिएको छ । अक्टोबर ६,२०२३ देखि नोभेम्बर ३०, २०२३ सम्म सहभागीहरूका लागि आवेदन फाराम खुला रहने छ । राष्ट्रिय रूपमा चयन गरिएका कुलसहभागीहरुमध्ये ५० जना सहभागीहरूले निमा एकेडेमीमार्फत उद्योग विशेषज्ञहरूद्वारा परामर्श तथा मार्गदर्शन प्राप्त गर्ने बताइएको छ । उनीहरूलाई जनवरी र फेब्रुअरी २०२३ को बिचमा आयोजना हुने तय गरिएको क्षेत्रीय प्रतिस्पर्धा समारोहमा सम्मानित गरिने छ ।
कुल ५० टिमहरूमध्ये शीर्ष १० टिमहरूलाई २०२४ अप्रिलमा दुबईमा हुने ग्रान्ड फिनाले समारोहकोलागि छनोट गरिने छ । आफ्नो स्थापना कालदेखि नै २१ औँ शताब्दीका विद्यार्थीहरूको आवश्यकताअनुरूप भिडियो तथा विभिन्नई–लर्निङ स्रोतहरू विकास गर्दै आएको निमा एकेडेमीले जनाएको छ । यसका साथै निमा एकेडेमीले शैक्षिक कोडिङ एप पिक्टोब्लक्सदेखि एआई एप्लिकेसन निर्माणमा प्रयोग गरिने पिथोन जस्ता कोडिङ एप्लिकेसन प्रोग्रामिङको बलियो आधार प्रदान गर्दै एआईको क्षेत्रमा प्रवेश गरेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । जनताको मुख थुनेर सत्तामा टिकिरहन्छु भन्नु मुर्खता बाहेक केही नहुने र त्यसको अन्त्य चाँडै हुने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले टिप्पणी गरेका छन् । काठमाडौंमा...
काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएका हुन । सरकारले पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस...
काठमाडौं । एमालेले बैतडीबाट सुरु गरेको ‘झुलाघाट–चिवा भञ्जयाङ पाँचथर’ बाट सुरु गरेको ‘समृद्धिका लागि सङ्कल्पयात्रा’ आज बागलुङ पुगेको छ । अध्यक्ष केपी ओलीसहितको टोली पदयात्राका क्रम आज बागलुङ पुग्ने...
काठमाडौं । एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासर र इस्तिकोलले बराबरी खेलेका छन् । गएराति भएको समूह ‘इ’ को खेलमा साउदी अरेबियन क्लब अल नासर र ताजकिस्तानी फुटबल क्लब...