भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

आजदेखि यी क्षेत्रमा दैनिक ६ घण्टा बिजुली जाने

आजदेखि यी क्षेत्रमा दैनिक ६ घण्टा बिजुली जाने

काठमाडौं । उपत्यकाका केही क्षेत्रमा आजदेखि वैशाख ८ गतेसम्म दैनिक बिजुली कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

आज एक सूचना जारी गर्दै बिहान ८ देखि दिउँसो २ बजेसम्म दैनिक ६ घण्टा बिजुली जाने जानकारी दिएको हो । प्रसारण कन्डक्टर तार अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनमा मर्मत कार्य गर्न लागिएकाले बिजुली कटौती गर्न लागेको प्राधिकरणले जनाएको छ ।

सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र, सानो भर्‍याङ, ठूलो भर्‍याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुंगेधारा, क्लब घर र तरकारी बजारमा बिजुली कटौती हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.