भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

स्वास्थ्य सेवाबाट कोहि पनि बन्चित हुन पर्दैनः स्वास्थ्य मन्त्री थापा

स्वास्थ्य सेवाबाट कोहि पनि बन्चित हुन पर्दैनः स्वास्थ्य मन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य सेवाबाट कोहि पनि बन्चित हुन नहुने बताएका छन् । सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नखेलस्थित नन्दिकेवर महादेव मन्दिरमा भैरहेको श्रावणी मेला मन्त्री थापाले उपचार नपाएर कसैले पनि मृत्युवरण गर्ने स्थिति आन नदिने बताएका हुन ।

मन्त्री थापाले स्वास्थ्य क्षेत्रको विकृति र बिसङ्गती हटाउने गरि काम गर्ने बताउँदै स्वास्थ्य क्षेत्रका कमिकमजोरीहरुलाई न्यूनीकरणका लागि आफू सदैव लागि रहने तर्क गर्नुभयो । मन्त्री थापाले भन्नुभयो “विगतमा प्रदेश सरकारले विपन्न परिवारका क्यान्सरपीडितलाई ५० हजार सहयोग गर्ने गरेको अवस्था अबदेखि एक लाख दिने निर्णय भएको छ।”

भक्तपुरमा धेरै धार्मिक स्थल भएकोले यसको प्रवर्द्धनमा प्रदेश सरकार लाग्ने बताउँदै सबै धार्मिक स्थलमा दर्शनका लागि सहज पहुँच पु¥याउन प्रदेश सरकारसङ्ग समन्वय गर्ने जानकारी दिनुभयो । प्रदेश सभा सदस्य निर्वाचित भएपछि नै स्वास्थ्य, शिक्षा, पूर्वाधारसंगै धार्मिक पर्यटन प्रवर्द्धन एवम् अन्य विकास निर्माणमा आफूले सहजीकरण गरीरहेको जानकारी दिनुभयो ।

जनताको काम गर्न आफू मन्त्री भएको बताउँदै मन्त्री थापाले लोभ लालचमा आफू नफस्ने समेत स्पष्ट पार्नुभयो । आफूले मन्त्रीको पदभार ग्रहण गरेकै दिन क्यान्सरका विरामीहरुलाई १ लाख सहयोग उपलब्ध गराउने निर्णय समेत गरेको स्मरण गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.