भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्वास्थ्य सेवाबाट कोहि पनि बन्चित हुन पर्दैनः स्वास्थ्य मन्त्री थापा

स्वास्थ्य सेवाबाट कोहि पनि बन्चित हुन पर्दैनः स्वास्थ्य मन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य सेवाबाट कोहि पनि बन्चित हुन नहुने बताएका छन् । सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नखेलस्थित नन्दिकेवर महादेव मन्दिरमा भैरहेको श्रावणी मेला मन्त्री थापाले उपचार नपाएर कसैले पनि मृत्युवरण गर्ने स्थिति आन नदिने बताएका हुन ।

मन्त्री थापाले स्वास्थ्य क्षेत्रको विकृति र बिसङ्गती हटाउने गरि काम गर्ने बताउँदै स्वास्थ्य क्षेत्रका कमिकमजोरीहरुलाई न्यूनीकरणका लागि आफू सदैव लागि रहने तर्क गर्नुभयो । मन्त्री थापाले भन्नुभयो “विगतमा प्रदेश सरकारले विपन्न परिवारका क्यान्सरपीडितलाई ५० हजार सहयोग गर्ने गरेको अवस्था अबदेखि एक लाख दिने निर्णय भएको छ।”

भक्तपुरमा धेरै धार्मिक स्थल भएकोले यसको प्रवर्द्धनमा प्रदेश सरकार लाग्ने बताउँदै सबै धार्मिक स्थलमा दर्शनका लागि सहज पहुँच पु¥याउन प्रदेश सरकारसङ्ग समन्वय गर्ने जानकारी दिनुभयो । प्रदेश सभा सदस्य निर्वाचित भएपछि नै स्वास्थ्य, शिक्षा, पूर्वाधारसंगै धार्मिक पर्यटन प्रवर्द्धन एवम् अन्य विकास निर्माणमा आफूले सहजीकरण गरीरहेको जानकारी दिनुभयो ।

जनताको काम गर्न आफू मन्त्री भएको बताउँदै मन्त्री थापाले लोभ लालचमा आफू नफस्ने समेत स्पष्ट पार्नुभयो । आफूले मन्त्रीको पदभार ग्रहण गरेकै दिन क्यान्सरका विरामीहरुलाई १ लाख सहयोग उपलब्ध गराउने निर्णय समेत गरेको स्मरण गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.