भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

टिपर दुर्घटना हुँदा नवलपुरका एक जनाको मृत्यु

टिपर दुर्घटना हुँदा नवलपुरका एक जनाको मृत्यु

नवलपुर । टिपर दुर्घटना हुँदा नवलपुरका एक जनाको मृत्यु भएको छ। नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–३ मा दुर्घटना हुँदा एक जनाको ज्यान जानुका साथै
तीन जना घाइते भएका हुन ।

पाल्पाबाट चुनढुङ्गा लोड गरी नवलपुरको विनयी त्रिवेणी–१ होङसी सिमेन्टतर्फ आउँदै गरेको टिपर चालकले नियन्त्रण गुमाई दुर्घटना भएको प्रहरीले जनाएको छ।

ना १ क ९१२९ नम्बरको ट्रिपर दुर्घटना भइ त्यसैले च्यापिएर चालक मकवानपुरको बागमती गाउँपालिका ६ फापरवारीका ३२ वर्षीय नरबहादुर बाइवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको मध्य बिन्दु प्रादेशिक अस्पतालमा उपचार भरहेको प्रहरीले जनाएको छ। दुर्घटना परी नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ का २४ वर्षीय सुनिल सार्की, २३ वर्षीय दीपक सुनार र पर्साको वीरगन्ज उपमहानगरपालिका २७ का ३० वर्षीय ताज महमद हावारी घाइते भएका छन्।

 


Thali Mobile Pvt.Ltd.