भर्खरै : Sorry, your browser does not support inline SVG.

काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु

काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु

काठमाडौं, २६ असार । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा शुक्रबार बिहान अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गोकर्णेश्वर–८ निवासी ४१ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित पाँचपोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिन्डर तथा दुई वटा अग्नि नियन्त्रक यन्त्र बोकेको सवारीसाधनमा रहेको अक्सिजन सिलिन्डर अचानक विस्फोट भएको थियो।

विस्फोटका कारण सडकमा हिँडिरहेका विष्णु थापा गम्भीर रूपमा प्रभावित भएका थिए। घटनापछि प्रहरी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ।

प्रहरीले विस्फोटको कारण, प्राविधिक अवस्था तथा अन्य सम्भावित पक्षबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.