भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

मधेसको शान्ति सुरक्षा बलियो बनाउन सरकारको ध्यानाकर्षण

मधेसको शान्ति सुरक्षा बलियो बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले भारतसँग सीमा जोडिएका मधेस प्रदेशमा शान्ति सुरक्षा कमजोर भएको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।आइतबारको प्रतिनिधिसभा बैठकको सुरुमै अच्युतप्रसाद मैनाली र अशोक कुमार चौधरीले शुक्रबार बेलुका कलैयाको रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली हानी हत्या गरिएको भन्दै सीमा क्षेत्रको सुरक्षामा सावधानी अपनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

मैनालीले मधेस प्रदेशका सीमा क्षेत्रका बासिन्दा असुरक्षित भएका भन्दै मधेसमा एक दशकअघि जसरी हत्या र हिंसा हुन्थ्यो अहिले त्यस्तै अवस्था हुन थालेको बताए । उनले भारतसँग समेत समन्वय गरेर सुरक्षाको प्रबन्ध मिलाउन आग्रह समेत गरे ।

 

 


Thali Mobile Pvt.Ltd.