भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

पेट्रोलपम्प मनपरी बन्द गरे १० लाखसम्म जरिवाना, इन्धन आपूर्ति पनि रोकिने

पेट्रोलपम्प मनपरी बन्द गरे १० लाखसम्म जरिवाना, इन्धन आपूर्ति पनि रोकिने

काठमाडौं, १९ असार । सरकारले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा जानाजानी अवरोध सिर्जना गर्ने पेट्रोलपम्पमाथि कडा कारबाही गर्ने व्यवस्था लागू गरेको छ।

अब पेट्रोलपम्प मनपरी बन्द गरी इन्धन अभाव गराएको पाइए तीनदेखि १० लाख रुपैयाँसम्म जरिवाना हुने तथा पाँचदेखि १५ दिनसम्म पेट्रोलियम पदार्थको आपूर्ति रोक्का गरिनेछ।

नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गर्दै यस्तो कानुनी व्यवस्था लागू गरेको हो। केही दिनअघि पेट्रोलपम्प बन्द हुँदा देशभर इन्धन बिक्री–वितरण प्रभावित भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीको निर्देशनमा निगमले विनियमावली संशोधन गरेको जनाएको छ।

संशोधित विनियमावलीअनुसार पेट्रोलपम्पले नोजल ‘ड्राइ’ बनाएर कृत्रिम रूपमा पेट्रोलियम पदार्थ नपाउने अवस्था सिर्जना गर्न नपाउने व्यवस्था गरिएको छ। विक्रेता विनियमावलीको दफा २९ घ (१) मा यससम्बन्धी नयाँ प्रावधान थप गरिएको हो।

नयाँ व्यवस्थाअनुसार पहिलो पटक नियम उल्लङ्घन गर्ने व्यवसायीलाई तीन लाख रुपैयाँ जरिवाना र पाँच दिनसम्म इन्धन आपूर्ति रोक्का गरिनेछ। दोस्रो पटक कसुर दोहोरिए छ लाख रुपैयाँ जरिवानासहित १० दिन आपूर्ति बन्द गरिनेछ भने तेस्रो पटक पनि उल्लङ्घन गरे १० लाख रुपैयाँ जरिवाना र १५ दिनसम्म पेट्रोल, डिजेललगायत पेट्रोलियम पदार्थको आपूर्ति रोक्का गरिने प्रावधान राखिएको छ।

सरकारले उपभोक्तालाई कृत्रिम इन्धन अभावबाट जोगाउन तथा पेट्रोलियम पदार्थको नियमित आपूर्ति सुनिश्चित गर्न यो व्यवस्था लागू गरिएको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.