भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

राष्ट्र बैंक र सीआईबीको संयुक्त टोलीद्वारा प्रभु बैंकको केन्द्रीय कार्यालयमा छापा

राष्ट्र बैंक र सीआईबीको संयुक्त टोलीद्वारा प्रभु बैंकको केन्द्रीय कार्यालयमा छापा

काठमाडौँ । राष्ट्र बैंक र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकको केन्द्रीय कार्यालयमा छापा मारेका छन्। शुक्रबार साँझ संयुक्त टोलीले काठमाडौँको बिजुलीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा प्रवेश गरी छानबिन गरेको हो।

आर्थिक अपचलनमा प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेपछि थप प्रमाण संकलनका लागि उक्त छापा मारिएको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले पुष्टि गरे। उनका अनुसार छानबिनका क्रममा केही महत्त्वपूर्ण फाइल र कागजात नियन्त्रणमा लिइएका छन्।

राष्ट्र बैंकको सहकार्यमा सुरु भएको यो छानबिन प्रभु बैंकसँग सम्बन्धित आर्थिक अनियमितता र ठगी प्रकरणमा केन्द्रीत रहेको बताइएको छ। यसअघि प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले करिब ९८ करोड रुपैयाँ ठगी भएको भनी दायर गरेको जाहेरीका आधारमा कात्तिक ११ गते भट्टचन ललितपुरबाट पक्राउ परेका थिए।

सरकारी वकिल कार्यालयले गत वर्ष नै जिल्ला प्रहरी परिसरलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो। तर पर्याप्त प्रगति नभएपछि सो मुद्दामा सीआईबीले प्रत्यक्ष कारबाही (एक्सन) लिएको हो। छानबिनको निष्कर्षपछि आर्थिक अपचलन र ठगी सम्बन्धी थप कानूनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.