सात दशकको सङ्घर्षबाट प्राप्त महत्त्वपूर्ण उपलब्धि हो लोकतान्त्रिक गणतन्त्रः राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्त्वपूर्ण उपलब्धि भएको बताएका हुन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको स्मरण गरेका छन् ।
‘विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरूद्धको बलिदानपूर्ण सङ्घर्षको परिणाम स्वरूप मानवअधिकार तथा राजनैतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ गते हामी प्रजातन्त्र दिवस मनाउँछौँ,’ शुभकामना सन्देशमा राष्ट्रपतिले भनेका छन्, ‘मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित छ ।’
उपराष्ट्रपति रामसहायप्रसाद यादव
राष्ट्रिय प्रजातन्त्र दिवसको उपराष्ट्रपति रामसहायप्रसाद यादवले शुभकामना दिएका छन् । शुभकामना दिंदै उपराष्ट्रपतिले लोकतन्त्रले सामाजिक न्याय र राष्ट्रिय एकतालाई मजबुत तुल्याउने विश्वास व्यक्त गरे । मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा लिएको उनको भनाइ छ । लोकतन्त्रलाई प्रभावकारी बनाउन सरकार मात्रै होइन, सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यमलगायत सबैको प्रतिबद्धता आवश्यक भएको बताए । उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको र त्यसको प्रयोगमा सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
जनताले जे भन्छन्–त्यो सुनौँः पूर्व राजा
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र पुजनीय भएपनि यसको पूजा शब्दले गरेर मात्र नपुग्ने बताएका छन् । ७४ औँ प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले जनताको कुरा सुन्दै सोही अनुसार राज्य व्यवस्थाका हर्ताकर्ताले धरातलीय अथार्थका आधारमा प्रजातान्त्रिक विधि र व्यवहार झल्काउनुपर्नेमा जोड दिए । प्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन, यसको पूजा —कर्म कर्तब्यले, त्याग र उदारताले, निष्ठाको राजनीतिले एवम्सही प्रकारको आचरणले मात्र हुने हो । जनता जनार्दनलेजे भन्दछन्— त्यो सुनौं — त्यसलाई गुनौं र राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधी व्यवहार झल्काउनु पर्दछ ।’ पूर्वराजाको भनाइ छ । सबैले मिठो खान र राम्रो लाउन पाउने, सबैले स्वस्थ्य, शान्त र सन्तुष्ट भएर बाँच्न सक्ने, सबैलाई देश मै गतिलो शिक्षा र क्षमता अनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्त्रको रसिलो अर्थ रहने पूर्वराजाको भनाइ छ ।
कसरी प्रजातन्त्र ?
आजभन्दा ७३ वर्षअघि एक सय तीन वर्षे लामो जहाँनियाँ राणाशासन ढलेर प्रजातन्त्र आउनुको पछाडि चारवटा परिस्थिति कारक थिए
१. जंगबहादुरको जातीय कानुन १९१० को मुलुकी ऐन ।
२. राणाहरूभित्र ‘क्लास’ अर्थात् वर्ग विभाजन ।
३. १९९० सालको भूकम्प ।
४. अन्तर्राष्ट्रिय परिस्थिति ।
सर्वप्रथम मुलुकी ऐन र यसले सिर्जना गरेको सामाजिक अवस्थाको चर्चा गरौँ । मूल रूपमा मनुस्मृति र जयस्थिति मल्लको कानुन (न्यायविकासिनी)मा आधारित जंगबहादुरको मुलुकी ऐनले मानिसको कथित जातलाई झार्ने र सर्वस्व हरण गर्नेसम्मको सामथ्र्य राख्थ्यो । यस ऐनले उपाध्या, रजपूत, जैसी बाहुन, तागाधारी क्षत्रीय, नमासिन्या मतुवाली, मासिन्या मतुवाली, छिटो हाल्नुनपन्र्या, छिटो हाल्नुपन्र्या, पानी नचल्न्याजस्ता जात छुट्टयाई दण्ड र सजायको व्यवस्था गरेको थियो ।
राणा प्रधानमन्त्रीहरूलाई जात चढाउने र झार्नेसम्मको शक्ति थियो । उनीहरूले अपराध गर्नेलाई दण्ड दिँदा जात पतित गर्थे । उनीहरूलाई खुसी लागेमा पानी नचल्ने भनिएको जातलाई पानी चल्ने जातमा ल्याउन सक्थे । वीरशमशेरले ‘कौ’ जात ९नेवारभित्रको पानी नचल्ने जात०लाई पानी चल्ने गराएका थिए । कारण उनकी कान्छी महारानी कौ जातकी थिइन् । आफूभन्दा घटी जुनसुकै जातले छोएको भात र पानी खाए त्यही जातमा झर्ने व्यवस्था गरेको थियो ।
‘अंश सर्वस्व गरी उसै जातको १ अक्षर खोसी भातपानी बाहेक गरी उसै जातमा मिलाइ छाडिदिनू’ भन्ने व्यवस्था यस महलले गरेको थियो । यसो हुँदा आपसमा माया–प्रेम र सद्भाव राख्नेहरूको जात खस्नेदेखि सर्वस्व हरणको क्रम चलिरहेकै थियो ।
