भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन

एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन

मुख्य बुँदा

आगामी आर्थिक वर्षको बजेटमा एशियन गेम्स तयारीका लागि रकम छुट्याइएन।

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड रुपैयाँ विनियोजन।

राखेपले एशियन गेम्स तयारीका लागि १५–१६ करोड रुपैयाँ माग गरेको थियो।

दशौँ राष्ट्रिय खेलकुद र पारा खेलकुद कार्यक्रम भने बजेटमा समेटिए।

सरकारले आठ प्रमुख शहरमा आधुनिक क्रिकेट रङ्गशाला निर्माण योजना अघि सार्यो।

काठमाडौं, १६ जेठ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा जापानमा सेप्टेम्बर महिनामा आयोजना हुने २०औँ एशियन गेम्सको तयारीका लागि आवश्यक बजेट समावेश नगरिएको पाइएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा एशियन गेम्स तयारीसम्बन्धी कुनै उल्लेख नगरेपछि खेलकुद क्षेत्रका सरोकारवालाले चासो व्यक्त गरेका छन्।

सरकारले खेलकुद क्षेत्रका लागि कुल ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थ मन्त्रालयले प्रारम्भिक रूपमा ३ अर्ब २० करोड रुपैयाँको बजेट सीमा (सिलिङ) निर्धारण गरेको भए पनि अन्ततः ८२ करोड रुपैयाँ थप गर्दै बजेट बढाइएको हो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जापानमा हुने २०औँ एशियन गेम्सको तयारीका लागि १५ देखि १६ करोड रुपैयाँ बजेट माग गरेको थियो। तर, अन्तिम बजेटमा उक्त शीर्षक समावेश हुन सकेन।

यद्यपि, बजेटमा दशौँ राष्ट्रिय खेलकुद तथा पारा खेलकुद प्रतियोगितालगायतका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ। एशियन गेम्स नेपालका खेलाडीका लागि महत्वपूर्ण अन्तरराष्ट्रिय प्रतियोगिता मानिए पनि तयारीका लागि छुट्टै बजेट नछुट्याइँदा तयारी प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।

यसैबीच सरकारले देशका आठ प्रमुख शहरमा आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्ने पाँचवर्षीय दीर्घकालीन योजना अघि सारेको छ। क्रिकेट पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आगामी वर्षहरूमा चरणबद्ध रूपमा रङ्गशाला निर्माण गरिने सरकारको योजना रहेको छ।

 


Thali Mobile Pvt.Ltd.