भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रेस सेण्टर नेपालको २० औं स्थापना दिवस वीरगंजमा, देशभरबाट प्रतिनिधि सहभागि हुने

प्रेस सेण्टर नेपालको २० औं स्थापना दिवस वीरगंजमा, देशभरबाट प्रतिनिधि सहभागि हुने

वीरगन्ज । प्रेस सेण्टर नेपालको राष्ट्रिय परिषद बैठक र २० औं स्थापना दिवस वीरगंजमा हुने भएको छ । देशभरका प्रतिनिधिहरु वीरगन्ज आउने क्रम शुरु भएको छ । भोली र पर्सि दुई दिन हुने सेण्टरको राष्ट्रिय परिषद बैठक र स्थापना दिवसका लागि ७७ वटै जिल्लाबाट संगठनका सदस्य प्रतिनिधिहरु सहभागि हुदैछन् ।

पत्रकार संगठनहरुको नै पहिलो र ऐतिहासिक केन्द्रीयस्तरको कार्यक्रम वीरगन्जमा आयोजना हुने भएपछि आर्थिक तथा औद्योगिक नगरी वीरगन्जको चहलपहल बढेकाे छ ।

केन्द्रीय स्तरको ठूलो कार्यक्रम वीरगन्जमा आयोजना हुने कार्यक्रमले नागरिक समाज, उद्योगी, व्यावसायी, राजनीतिक दल, विभिन्न पेशा व्यावसायीहरु पनि उत्साहित देखिएका छन् ।

प्रधानमन्त्रीको उपस्थितिमा केन्द्रीयस्तरको कार्यक्रम वीरगन्जमा हुने र बारा पर्साका पालिका प्रमुख र उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुसँग पनि संघीयता कार्यान्वयनको विषयमा छलफल हुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.