भर्खरै : Sorry, your browser does not support inline SVG.
युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना | पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ |

खुट्टाको सहारामा लेखिएको प्रेरणादायी यात्रा: प्रिता बल्लको पुस्तक

खुट्टाको सहारामा लेखिएको प्रेरणादायी यात्रा: प्रिता बल्लको पुस्तक

भक्तपुर,७ असार । मस्तिष्क पक्षघातका कारण ह्वीलचेयरमै सीमित जीवन बिताइरहेकी भक्तपुरकी प्रिता बल्लले खुट्टाले मोबाइलमा टाइप गरी २४२ पृष्ठ लामो पुस्तक तयार गरेकी छन्। ‘अविचलित पाइला’ नामक उक्त पुस्तक अनुशिलन नेपाल, बालकोट भक्तपुरले प्रकाशन गरेको हो।

पुस्तक दुई खण्डमा विभाजित छ । पहिलो खण्डमा उनका लेख र दोस्रो खण्डमा लेखिका प्रिताको जीवनी समेटिएको छ। पुस्तकमा ९३ वटा फरक–फरक शीर्षकमा उनले आफ्ना अनुभव, भावनात्मक यात्रा र आत्मदर्शन समेटेकी छन्।

उनको लेखन पारिवारिक पृष्ठभूमिबाट सुरु भई विद्यालय, शिक्षकीय सम्बन्ध र व्यक्तिगत संघर्षसम्म फैलिएको छ। पुस्तकको मूल्य ७७७ रुपैयाँ राखिएको छ। प्रिताको लेखन यात्रा उनका पिताको विद्यालय सहपाठीहरूको सहयोगबाट पुस्तक प्रकाशनसम्म पुगेको हो।

प्रिता २०४८ सालमा जन्मेकी हुन्। उनी १० वर्षसम्म हिड्न सकिनन्। शारीरिक अपांगता हुँदाहुँदै पनि उनले अध्ययनको निरन्तरता कायम राख्दै एसईईदेखि स्नातक तहसम्म शिक्षा हासिल गरेकी छिन्। उनकी आमा रामेश्वरीका अनुसार प्रिताले खुटाको सहाराले मोबाइलमा दैनिक लेख्ने अभ्यास गर्दै यो पुस्तक तयार गरेकी हुन्।

 


Thali Mobile Pvt.Ltd.